पोखरा। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. २ को क्षेत्रीय सहसचिव पदमा प्रकाश कोइरालाले उम्मेदवारी दिएका छन्।

पोखरा महानगरपालिका वडा नं. ४ को वडा सदस्य भइसकेका कोइरालाले स्थानीय तहमा जनताको सेवा गर्दाको अनुभवलाई सङ्गठित रूपमा पार्टी सुदृढीकरणमा लगाउने बताएका छन्। युवालाई अवसर, उद्यमलाई प्रोत्साहन र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने अभियानलाई आफ्नो मुख्य एजेन्डा बनाएको उनले बताए।
पार्टीलाई समयसापेक्ष, गतिशील र ऊर्जावान बनाउन तथा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न भूमिका खेल्ने बताउँदै कोइरालाले क्षेत्रीय प्रतिनिधिहरूसँग मत र साथको अपेक्षा गरेका छन्।




