पोखरा। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. ३ को क्षेत्रीय सभापति पदका लागि युवा नेता प्रकाश बरालले उम्मेदवारी दिएका छन्।

संगठनको सुदृढीकरण, कार्यकर्ताको सम्मान, युवाको सहभागिता र पार्टीलाई एकताबद्ध एवं गतिशील बनाउने अभियानलाई आफ्नो प्राथमिकता बनाएको बरालले बताए। मित्रवत प्रतिस्पर्धा प्रजातन्त्रको सुनौलो पक्ष भएको र प्रतिस्पर्धा प्रतिशोधका लागि नभई एकता र परिवर्तनका लागि हुनुपर्ने उनले बताए।
क्षेत्रीय प्रतिनिधिहरूसँग मत, साथ र विश्वासको अपेक्षा गर्दै बरालले आफ्नो उम्मेदवारीलाई संगठन र परिवर्तनको अभियानका रूपमा प्रस्तुत गरेका छन्।




