newa srijana

‘पेन्सन पट्टा’ प्रदर्शनको चौथो हप्तामा, निर्माण टिमको ‘मिट एन्ड ग्रिट’

रिलिजको २२औँ दिनसम्म पनि दर्शकको उत्साहजनक सहभागिता कायम

पोखरा । चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ। रिलिजको २२औँ दिनसम्म पनि दर्शकको उत्साहजनक सहभागिता कायम रहेपछि चलचित्रको निर्माण टिमले शुक्रबार काठमाडौंमा पत्रकारहरूसँग ‘मिट एन्ड ग्रिट’ कार्यक्रम आयोजना गरेको छ। काठमाडौंको मण्डला थिएटरमा आयोजित कार्यक्रममा चलचित्रका विषयमा अन्तरक्रिया गरिएको थियो, जसमा निर्देशक, कलाकार तथा पत्रकारहरूको बाक्लो उपस्थिति थियो।

कलाकार, पत्रकार र दर्शकको साथ-सहयोगकै कारण ‘पेन्सन पट्टा’ले सफलता हासिल गरेको चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले बताए। चलचित्रले यति धेरै सफलता पाउँछ भन्ने आफूले सुरुवातमा नसोचेको उल्लेख गर्दै दर्शकको ‘माउथ पब्लिसिटी’ नै चलचित्र सफल हुनुको प्रमुख आधार बनेको उनले बताए। कथामा आफूले लामो समय र मेहनत खर्चिएको र दर्शकले कथालाई मन पराइदिँदा आफ्नो मेहनत सार्थक भएको गुरुङले बताए।

‘पेन्सन पट्टा’को कथालाई दर्शकले आफ्नै परिवार र समुदायसँग जोडेर हेर्न थालेकाले चलचित्रले दर्शकको साथ पाएको चलचित्रका अभिनेता दयाहाङ राईले बताए। कथा बलियो भएकै कारण पात्र र कलाकारको भूमिका पनि प्रभावकारी बनेको र चलचित्र सफल बनाउन सम्पूर्ण टिमको महत्त्वपूर्ण योगदान रहेको उनले बताए।

सिटीजन फनिच्रर

‘पेन्सन पट्टा’ सामाजिक यथार्थवादी चलचित्र भएकाले समयअनुसारको कथालाई दर्शकले आफ्नै जीवन र परिवेशसँग जोडेर हेरेको कलाकार पुस्कर गुरुङले बताए। आफू सानो भूमिकामा भए पनि चलचित्रमा आबद्ध हुन पाउनु र दर्शकले ‘पेन्सन पट्टा’लाई रुचाउनु खुसीको विषय भएको कलाकार बुद्धि तामाङले बताए।

चलचित्र सफल भएपछि दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउनु आफ्ना लागि सुनौलो अवसर भएको र उनीहरूको प्रतिक्रिया सुन्न पाउँदा थप उत्साहित भएको कलाकार विश्वास गुरुङले बताए। ‘पेन्सन पट्टा’मा काम गर्न पाउनु र आफूले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाएको कुरा हलमै गएर प्रत्यक्ष अनुभव गर्दा निकै प्रफुल्लित भएको अभिनेत्री अनुसा राईले बताइन्।

कथाअनुसार पात्रको भूमिका र दर्शकको निरन्तर साथकै कारण चलचित्रले सफलता पाएको चलचित्रका कलाकार तथा सहायक लेखक सुरज तमुले बताए। सिनेमा हलमा पुग्दा दर्शक पटक-पटक ‘पेन्सन पट्टा’ हेर्न पुगेको देख्दा उत्साहित भएको उनले बताए।

Rabin photo