newa srijana

फोटो पत्रकार राम गुरुङलाई मातृशोक

नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङकी आमा शान्तिदेवी गुरुङको ७७ वर्षको उमेरमा निधन भएको छ।

पोखरा । फोटो पत्रकार राम गुरुङकी आमा शान्तिदेवी गुरुङको मंगलबार बिहान निधन भएको छ। लामो समयदेखि मृगौला रोगबाट पीडित ७७ वर्षीया गुरुङको हरियोखर्क अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

सिटीजन फनिच्रर

उनको अन्त्येष्टि मंगलबार बिहान साढे ११ बजे पोखरा–१० शान्तिघाटस्थित बौद्ध अर्घौं सदनमा गरिने पारिवारिक स्रोतले बताएको छ।

पोखरा–१२ माटेपानीमा बस्दै आएकी गुरुङका श्रीमान, दुई छोरा-बुहारी, एक छोरी, चार नाति, दुई नातिनी र एक पनाति छन्। जेठा छोरा राम नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष हुन्। उनी नेपाल आदिवासी जनजाति पत्रकार संघ गण्डकीका सदस्य र नेपाल पत्रकार महासंघ कास्कीका पूर्वकोषाध्यक्ष पनि हुन्।

रुपा गाउँ पालिका