GIF TIGER CUP

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कास्की अध्यक्षमा लोकराज सर्वसम्मत

पोखरा । नेकपा एमालेनिकट स्वास्थ्यकर्मीको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, जिल्ला समिति कास्कीको अध्यक्षमा लोकराज आचार्य निर्वाचित भएका छन् । शनिबार पाेखरामा भएको तेस्रो अधिवेशनले आचार्यको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समिति उपाध्यक्षमा कृष्ण केसी, महिला उपाध्यक्षमा सृजना गौतम, सचिवमा सबिना श्रेष्ठ, उपसचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा जगतराज पौडेल निर्वाचित भए ।

त्यस्तै सदस्यमा ऋषिराम सुवेदी, ज्ञानबहादुर परियार, गंगा भुजेल, प्रकाश आचार्य, युवराज श्रेष्ठ, दिवाकर पौडेल, टोपबहादुर श्रेष्ठ, संगीता गुरुङ, गंगादेवी गिरी, कुबिजा भण्डारी, अञ्जना अधिकारी र शोभा महन निर्वाचित भए ।

GIF TIGER CUP
Leave A Reply

Your email address will not be published.