पोखरा। कास्कीको रुपा गाउपालिका र पोखरा महानगरपालिका क्षेत्र भित्र रहेको रुपाताल पुनस्थापना तथा मत्स्यपालन सहकारी सस्थाले यस वर्षलाई रजत बर्षका रुपमा मनाउने भएको छ ।
वि स २०५८ सालमा ३६ जना सेयर सदस्यहरुको उपस्थीतिमा स्थापना गरिएको रुपाताल सहकारीले सफलता पुर्वक २५ वर्ष पार गरेको उपलक्ष्यमा प्राकृतिक सम्पदाको संरक्षण गरौं,दिगो उत्पादनमा जोड दियौं भन्ने मुल नाराका साथ यस वर्षलाई रजत वर्षका रुपमा मनाउने घोषणा गरेको हो ।
स्थापना कालमा ३६ जना सेयर सदस्यको पाँच हजार सेयर पुजीबाट एक लाख ८३ हजार छ सयको सेयर पुजी रहेको सस्थाले अहिलेसम्म आई पुग्दा एक हजार ५१ सेयर सदस्य मार्फत प्रति ब्यक्ति ४० हजारका दरले चार करोड २० लाख चालिस हजार सेयर पुँजी बनाउन सफल भएको जानकारी गराईएको थियो ।
यसैविच सहकारीले रजत वर्ष कै अवसर पारेर तालको आय आर्जनमा सहयोग पुग्नेगरि बिभिन्न जातका करिव १० हजार माछाको भुरा छोडिएको छ ।
तालमा माछाको भुरा छोड्दै बेगनास मत्स्य अनुसन्धान केन्द्रका प्रमुख महोमद इकवाल हुसेनले तालको प्राकृतीक सन्र्दयतालाई नविगारी नेपालमा नै नमुना योग्य काम गर्न सफल सहकारीको सिको गर्दै अन्य तालहरुले पनि आय आर्जनमा जोडिने गरि माछा पालनलाई अगाडी वढाएको विचार राखेका थिए ।

साथै उनले ताल मानव जातीका लागी अभिन्न अंग र जलचर प्राणीका लागि अनिवार्य वस्तु भएकाले यसको सन्दर्यलाई नविगारी भावी पुस्तालाई हस्तान्त्रण गर्नु पर्नेमा जोडै तालमा माछाको साथमा सिपीबाट मोती निकाल्न सकिने परिक्षण सफल भएकोले अव रुपाताल माछाको लागि मात्र होईन सिपीका लागी पनि प्रमाणीत भएको तथ्य प्रस्तुत गरेका थिए ।
सोही अवसरमा सस्थापक अध्यक्ष लेखनाथ ढकालले स्थापनकाल देखिको अवस्था र सहकारीको जोड बलमा नेपाल सरकारबाट रुपताल संरक्षणको परियोजना ल्याउन सफल भएको धारणा राखेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष शिवराज अधिकारीले पुराना अनुभविको साथ र नयाँको जोसलाई भरपुर्ण रुपमा उपयोग गरि हाम्रो ताललाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने वारेमा साझा अवधारण आउनु पर्ने सुझाव दिएका थिए ।
सस्थाका अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी,पुर्वअध्यक्ष कुल प्रसाद अधिकारी,रामचन्द्र सापकोटा लगाएतले रुपातालमा बाँध निर्माण भएपछि यसको क्षेत्रफल एक सय ३५ हेक्टरबाट एक सय ७४ हेक्टर हुने जानकारी गराएका थिए ।
सस्थाका उपाध्यक्ष ढक बहादुर थापाले स्वागत मन्तव्य राखेका कार्यक्रमको संचालन सचिव विरेन्द्र ढकालले गरेका थिए भने सस्थाको गतिविधीका बारेमा ब्यवस्थापक नवराज खड्काले जानकारी गराएका थिए ।




