newa srijana

पोखरामा पहिलो पटक महिला गोल्डकप फुटबल, चार क्लबको सहभागिता

पोखरा । पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा कुल चार क्लबले सहभागिता जनाउने भएका छन् । आर एस फुटबल क्लबको आयोजनामा शुक्रबार बाट हुने गोल्डकपमा चार क्लबले सहभागिता जनाएका हुन् । गोल्डपको तयारी बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष रमेश कार्कीले प्रतियोगिताको तयारी पुरा भएको सुनाए ।

प्रतियोगितामा आयोजक आरएस पोखरा फुटबलसहित, नेपाल पुलिस क्लब, संकटा क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र नेपाल पुलिस क्लब भिड्नेछन् । शनिबार संकटा र त्रिभुवन आर्मी क्लब भिड्ने छन भने आइतबार फाइनल खेल हुनेछ ।

पोखरामा यस अघि महिलाको गोल्डकप हुन सकेको थिएन् । महिला फुटबलको विकासका लागि स्थापित आरएसले पोखरालाई महिला फुटबल दिएको हो ।

World link net

‘पछिल्लो समय महिला फुटबलको लोकप्रियताले उचाई लिइरहेको सर्वविदितै छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमको खेल र ती खेलमा दर्शकहरूको उपस्थिति पनि यसलाई प्रष्ट पार्छ’ उनले भने, ‘ महिला फुटबलमा गण्डकी प्रदेश पछि परिरहेको छ । साम्बा, विमाला विक जस्ता प्रतिभावान खेलाडी जन्माउने गण्डकी प्रदेशमा महिला गोल्डकप नहुनु झनै दुखद् पक्ष हो । हामीले अब महिला फुटबलको प्रवद्र्धन तथा विकास गर्नुपर्छ भनेर कदम चालेका छौं ।’

पहिलो संस्करण भएकाले धेरै चुनौति रहेको उनले बताए । क्लबले हालैमात्र एन्फाको आयोजनामा भएको महिला लिग छनोटमा सहभागिता जनाएको थियो । क्लबको अबको मुख्य योजना नै राष्ट्रिय उपाधि जित्ने र प्रतिभाशाली युवा खेलाडीहरूलाई खेलसँगै शिक्षाको अवसर प्रदान गर्ने रहेको रहेकाले प्रतियोगिताको आयोजना गर्न लागेको सुनाए ।

‘हामीले पहिलो पटक पोखरा रंगशालामा प्रथम महिला पोखरा गोल्ड कप आयोजना गर्ने तयारी गरेका छौं । अवसर र चुनौति दुवै छन् त्यसलाई पार गर्दै अघि बढ्नेछौं’ उनले थपे ।

बैशाख १८ देखी २० सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुसासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सिटीजन फनिच्रर