newa srijana

ओख्लेभीर बस दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली

मृतकको सम्झनामा वडा कार्यालयले स्मृति पार्क बनाउने भएको छ।

पोखरा । पोखरा महानगरपालिका -२८ ओख्लेभीरमा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा ज्यान गुमाएकाप्रति वडा कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ। कार्यक्रममा दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।

असोज २३ गते माझठानाबाट कालिकातर्फ जाँदै गरेको बस ओख्लेभीरमा सडकबाट करिब २०० मिटर तल खस्दा चार विद्यार्थी र एक स्थानीयको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए। मृतकमा ममता तिवारी, अशिम कँडेल, सुवेच्छा तिवारी, रेनुका नेपाली र ६५ वर्षीय बाबुराम तिवारी छन्।

सिटीजन फनिच्रर

घाइतेको उपचारमा महानगरपालिकाले सम्पूर्ण सहयोग गर्ने महानगर प्रमुख धनराज आचार्यले बताए। आगामी दिनमा यस्ता घटना हुन नदिन सावधानी अपनाउनुपर्ने कार्यकारी अधिकृत राजन पौडेलले बताए।

वडा कार्यालयको पहलमा मृतकको नाममा स्मृति पार्क बनाइने र त्यसका लागि सबैको साथ र सहयोगको अपेक्षा गरिएको वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बताए।

दुर्घटनाको कारण पत्ता लगाउन महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। यस्ता दुर्घटना दोहोरिन नदिन सावधानी, सुरक्षा व्यवस्था र जिम्मेवारीप्रति गम्भीर हुनुपर्ने र निष्पक्ष छानबिन गरी आवश्यक सुधार गर्नुपर्ने कार्यक्रमका वक्ताले बताए।

रुपा गाउँ पालिका