बुलेटमा दौडदै दिमाग र भिडियो

Gs Nepali

फोटोग्राफी जस्तै भिडियोग्राफीको पनि आफ्नै इतिहास छ भने आफ्नै बिकास पद्धती पनि । तर फोटोग्राफी हाम्रो बेटर परफरमेन्स देखाउन दौडिरहेको छ भने भिडियोग्राफी दौडने प्रक्रिया बेटर परफरमेन्स त छदैछ त्यो भन्दा बढि खुसुक्क बोइड. चढेर भागेछ । यो हाम्रो दिमाग रेसनल बन्दैछ भन्नेको संकेत हो । म यहा भिडियोग्राफीको बिकास र परिचय दिन गएको हैन त्यो त नर्सरी लेवल नै लाग्छ हामी यसै क्षेत्रमा कपाल फुलेकाहरुको लागि । म त हाम्रो अर्थात बर्तमान मानवको दिमाग, बजार र भिडियो बारेको प्रतिस्पर्धाका कुरा गर्दै छु । दिमागी स्वरुपमा हेर्दा फोटोग्राफी अति स्टेबल हो भने भिडियोग्राफी पनि स्टेबल नै हो तर रोटेसन र रेभुलुसन बिचको मुभमेन्ट हो । बास्तबमा अहिले भएको फरक मात्र के भने यही मुभमेन्ट रेसनल बन्दै गएको हो । सायद धेरैलाई कस्तो पागल कुरा गरेको हो कुरै बुझिएन भन्ने अवस्य लाग्यो होला । चिन्ता नगर्नुस यो तपाईको समस्या हैन बिश्वको हो । अव म सबिस्तार माथीको कुरोको फुटेज तपाइको इडिटिडं रुम भित्रको ठुलो स्कृनमा पछार्दैछु ।
फोटोग्राफी स्टिल फोटोग्राफी हो र भिडियोग्राफी पनि फोटोग्राफी कै इनिसियल रुप हो तर यो चल्दछ मात्र फरक यती भन्ने हामी सवैले कखरा पढेकै हो । फोटो किन चल्यो किन दौडियो त्यो आजको मुख्य बिषय हो । हामीले ३६० डिग्री र ३ डी डाइमेन्सनमा देख्ने हरेक बस्तुको १ प्वाइन्ट डामेन्सनबाट नै शुरु भएको हो । तर पनि हामीले नदेखेको कुरा त्यहा रोटेसन र रेभुलुसन अवस्य छ जुन पृथ्वीको अक्ष र कक्षको मुभमेन्ट भनेर त कक्षा ८ तिर नै पढिसकेको भौगोलिक बिज्ञान हो । अव बुझनु हुन्छ फोटोग्राफी फस्ट डाइमेन्सन हो,े भिडियोग्राफी सेकेण्ड डाइृमेन्सन हो भने मानिस थर्ड डाइमेन्सन हो र समय फोर्थ डाईमेन्सन हो । पाचौ छैठौका टाइमट्राभल कुरा त उनै जानुन अव आउने हाम्रा नाती पलाती खलाती गलाती देखी ज्ञलातीले । मात्र अहिले भैदिएको कुरा के भने हिजो तिमी दित्तीय हौ भनेको भिडियोग्राफी सेकेण्डबाट र्थड डाईमेन्सन तिर सुटुक्क दौडिदिएछ हामीलाई थाहा नै भएन । कुरा बुझन अझै सकिएन होला उदाहरणको भिजुयल शब्दको पर्दामा देखाउ है त ।
सामान्यतय आज भन्दा ४० वर्ष देखी नेपालीले राम्रोसग आफ्नै घरको सिटिड. रुममा सोफाको आडेस लगाउदै टिभिमा दौडेको फोटो अर्थात भिडियो देख्न शुरु गरे । सन् १९२७ मा टेलिभिजनको आबिस्कार भए पनि फिल्म भने २ दशक अगाडी नै शुरु भएको थियो । सन १९१४ देखी १७ सम्मको प्रथम बिश्व युद्धका केही क्लिप त खिच्न सफल भएका थिए । लगत्तै ब्यावसायिक फिल्मको शुरुवात भयो भने उता टिभिलाई ब्यापारिक रुपमा अमेरिकन बजारमा १९४० तिर ल्याइयो । धनी पश्चिमाले त हामी भन्दा ४० वर्ष अगाडी नै टिभि देख्न पाएका रहेछन तर हामीकहा त्यो अमेरिकाको टिभि दौडदै आउदा ४० वर्ष लागेछ । ठ्याक्कै भनौ नेपाल टेलिभिजन सन १९८५ मा निर शाहको पहलमा शुरु भयो । यस अगाडी हलमा गएर देवानन्द मन्दाकिनीको फिल्म हेरीसकेकाहरुले औलो नठड्उनुस, मैले सानो पर्दाको कुरो गर्दैछु ।

Leave A Reply

Your email address will not be published.