प्रात काल हिमाल हास्छ जसरी अस्तित्व फैलाउदै
सारा चेतनशील जीवन जगत ब्युझिन्छ जागा हुदै
यो जागापनसाथ सिर्जनमुखी फैलाउदै चेतना
हामी गर्न सकौ न जीवनमूखी साहित्यको सिर्जना ।
प्रहल्लाद पोख्रेलको प्यारो प्रकृति कवितामा भनेझै मात्र छैन प्रकृती, किनकी यसले पनि कम्ता सताएको छैन मलाई । हिजो फागुनको दोश्रो हप्ता अर्थात जाडो सकिएर गर्मी पलाउने महिनाको पनि आधा समय । बिहानै कलेज जाने बानी परेको म सधै झोला भिरेर स्कुटरमा सरर पोखराको बैदाम तिरबाट बगर तिर पृथ्वी नारायण क्याम्पस हानिदै थिए । नदिपुरको उकालो काट्दै गर्दा मलाई निकै चिसो लाग्यो यती धेरै जाडोको कारण किन होला ठान्दै उत्तर तिर हेरे । हिमाल खिसिक्क हासेर मलाई जिस्काउदै थियो अर्थात यो चिसो बढ्नुको मुल दोषी हिमालको खुल्लापन नै थियो । धेरै दिन देखी ढाकिएको र तुवालोले घुर्मइलो देखिएको हिमाल आज बिहानै ह्वाड.ै देखिएको थियो । साहित्यकार वा पर्यटन प्रेमीले भन्लान हिमालले घुम्टो हटाएर मुस्कुराएकी नवदुलई सरह सुन्दर स्वच्छ देखिएको थियो । त म भन्छु त्यो असती हिमाल आफ्नो चेहरा देखाएर मेरो हात कठ्याड.ग्राइदिएको थियो, मेरो अनुहारमा चिसो सिरेठो फ्याकेर कुन जुनीको बदला लिइरहेको थियो । मेरो असतीले मेरो चियाको कप समात्न नसक्ने गरी चिस्याएको हातले अरु दिन भन्दा एक कप बढि चिया खाईदिए । चिया गफमा साथीहरुसग यही असती मोरो हिमालको दिएको दुखबारे कुरा काट्न थाले ।
हिमाल अर्थात प्रकृती बाहिरबाट हेर्नेलाई जति सुन्दर छ जव त्यही हिमाल वा प्रकृतीको काखमा जीवन गजार्ने धेरैको जीवन कष्ठकर पनि बनाएको छ । एक छिन कल्पना गरौ त्यो हिमाल नभएर सागर भएको भए म कति पटक पौडी खेल्न त्यहा पुग्थे होला ? त्यो सागर भएको भए बिश्वब्यापी ब्यापार र अर्थ अपार कमाउन सकिन्थ्यो होला । मेरो शहरबाट २५ किमी हवाई दुरीमा पर्ने लामो हिमाल श्रृखला सागर अर्थात समुन्द्र भएको भए मेरो नभए पनि देशको पानीजहाज हुन्थ्यो होला फेरी मेरो शहर सामुन्द्रिक तटिय शहर बन्थ्यो होला । बिश्वका धेरै पर्यटकको ओहिरो लाग्थ्यो होला अनि थाइलैण्डको फुकेट र सिड.गापुर यही बन्थ्यो होला । शहरमा गगनचुम्बी भवन र ठुला चाक्ला सडक तथा हामी कति बिकसित हुन्थ्यौ होला । तर असती हिमालले अझ भनौ त्यो पथ्थर र माटोको थुप्रोले हामी लाई कम्ता सताएको छ । गाढा गुड्न नदिएर पिठ्युमा भारीबोकाएको छ । कतीलाई बाढी पैह्रोले दुख दिएको छ कतीलाई हिउको चिसो र अप्ठयारो भूगोलले जनजीवन तहसनहस पारेको छ । दैनिकी गुजारा चलाउन, पढ्न पढाउन अनि बिकसित संसारसग प्रतिस्पर्धा गर्न यही हिमाल बाधक बनेको छ । वास्तवमा झण्डै ९० प्रतिसत हिमाल नजिकैका हिमाली जनतालाई बेफाइदा नै बेफाइदा दिएको छ, जन्मेको ठाउ, हुर्केको गाउ छोडेर मुग्लान पस्न बाध्य पारेको छ । तर बाकी १० प्रतिसतले भने हिमाल बेचेर होस वा चढेर जिवन राम्रो गरेका पनि छन । यिनै १० प्रतिसतहरुले सुन्दर हिमाल, स्वर्गिय हिमाल भनेर प्रचार गर्नाले मैले पनि शुरुमा सुन्दर हिमालबारे राख्न बाध्य छु । यसको मतलव म पनि यही १० प्रतिसतको वर्ग भित्र रहेछु । तर हैन मैले कहिल्यै हिमाल चढिन अनी कहिल्यै बेचिन पनि । म हिमाल बेच्ने ब्यापारी नै हैन भने भन्न सक्दिन । किनकी यिनै हिमाल बेच्ने मेरा छिमेकी बैदामका ब्यापारी, देशका ब्यापारीले गोरा छालाका बिदेशी मान्छे हिमाल बेच्न यही बोलाए अनि उनीहरुबाट नै यो शहरको आर्थिक सुधार भयो, त्यसैले मेरो शहरले बेचेको हिमाल म शहरबासीका हिसावले केही भाग मेरो पनि ब्यापारिक शेयर बन्न गएको छ ।
म यही माछापुच्छ्रे हिमालको काखैको नागडाडा नजिकै जन्मेको मान्छे अनि हुर्केको पनि त्यही हिमालको चिसो खाएर हो । हामी सानैमा हिमाल खुलेको दिन निकै त्यसलाई गाली गथ्र्यौ किनकी हिमाल खुल्ला भएको दिन अरु दिन भन्दा निकै जाडो हुन्थ्यो । त्यो हिमालको चिसो हाम्रो रातो गालामा ठोक्किदा गाला फुट्थे ओठ फुट्थे, लगाउने कपडाको कमीले शरिर कापिरहन्थ्यो तर हिमाल नखुल्दा र घाम लाग्दा यि सवै समस्या दुर हुन्थे । फेरी अर्को कुरा मेरो हजुरआमाले भन्नु हुन्थ्यो बिहानै देखी हिमाल खुल्ला भयो भने दिउसो पानी पर्छ असिना पनि आउन सक्छ धान खान सक्छ । त्यसैले मलाई सानैबाट हिमाल खुल्यो कि रिस उठ्थ्यो अर्थात मेरो मानसिकतामा हिमाल हाम्रो सत्रु थियो । बिचरा यही कुरो त्यो बिदेशीलाई हिमाल बेच्ने ब्यापारीलाई भन्ने हो भने त मलाई पिट्छन होला । देशको पर्यटकिय राजधानी भनिने पोखरामा बसेर हिमाललाई गाली गर्ने भनेको त बाउको घरमा बसेर हाम्रो बाउ मुर्दाबाद भन्नु सरह नै हो ।
जस्ले जे भने पनि म डराउने पक्षमा छैन किनकी त्यही असती हिमालले गर्दा नै मैले थप एक कप चिया थप्नु परेको रिस मरेको छैन । फेरी म सग अर्को तथ्य पनि छ त्यो के भने गएको वर्ष नेपालमा १० लाख टुरिस्ट आए रे भन्ने खवर थाहा छ । गएको ७० वर्ष भयो नेपालमा पर्यटनको शुरुवात भएको , खासगरी फ्रान्सेले मौरिस हरजोगले सन १९५० मा ८ हजार भन्दा माथीका हिमाल चढनेकामको शूरुवात गरेका थिए । लगत्तै उनले ८ हजार भन्दा माथी उचाईको पहिलो हिमाल आरोहण अन्नपूर्णबाट शुरु गरे । १९५३ मा सर एडमण्ड हिलारी र तेन्जीड. नोर्गेले सगरमाथाको सफल आरोहण गरे । यिनै आरोहणले नेपाललाई बिश्वमा एक उच्च हिमश्रृखलाको देश भनेर चिनायो । खासगरी हिमालको उत्तरी सिमा चिनमा कम्युनिष्ठहरुको शासनको शुरुवात भएको समय थियो । सन १९४९ मा कम्युनिष्ठ सत्तामा आएपछी तिब्बत कब्जा गरे भने तिब्बततिर बिदेशीको आगमनमा रोक लगाईयो । त्यसैले बाध्य भएर हिमाल चढ्ने वा हेर्नेहरुको लागी नेपाल आउन बाध्यकारी अवस्था बन्यो । त्यस अगाडी हजारौ वर्ष देखी यही हिमालको काखमा बसेका हाम्रा पुर्खाहरुले सधै दुख पाएको त्यो हिमाललाई उनैका केही सन्तानले अहिले बेच्न सक्षम भएका छन र आफुलाई सुखी बनाएका छन । तर यो फाइदा लिने वर्ग थोरै छ किनकी नेपालको पर्यटनको ब्यवसाहिक बिकास भएकै ५० वर्ष भएको मानिन्छ भने अहिले देशको जिडिपीमा योगदान भने झण्डै ७ प्रतिसत पनि छैन । यही तुलनामा गएको २० वर्ष देखी निकै फस्टाएको बिदेशमा नौजवान युवा रगत पसिना बेच्ने ब्यापारले भने एक तिहाई जिडिपी धानेको छ अझ साच्चै भन्दा नेपालको अहिलेको अर्थतन्त्र नै रेमिटान्सले धानेको छ । नेपालका दुई तिहाई घरधुरीलाई कुनै न कुनै तवरले रेमिटान्सले छोएको छ । हिमाल बेच्ने ब्यापारीका बिज्ञ भनाउदाहरुले पयटन बिकास भएमात्र देशको विकास हुन्छ भन्दै धोक्रो सुक्ने गरी भुकेको बेलाबेलामा सुनेकै हो । गएको वर्ष ७० अरवको ब्यापार पर्यटन उद्योगले गरेछ उता नेपालीहरु बिदेश घुम्न गएर मात्र १ खरव पैसा खर्च गरेछन । के नाप्यो तिम्रो पर्यटनले अनि पर्यटन प्रबर्धन केन्द्र भन्नेहरुले । अव भन्नुहोस नेपालको प्रकृती र सुन्दर हिमालले खान पुग्ने हो भने ४५ डिग्रीको तातो बालुवामा खाडी मुलुकमा नेपाली काम गर्न जान्थे र ? त्यसैले यही हिमाल र पहाडले नै हामी गरिव भएका हौ भने यही हिमालले हामीलाई यातायात, शिक्षा, समृद्धिमा बाधा पारेको छ । अव हिमालको बारेमा सुन्दर प्रकृती भनेर रचना लेख्ने मात्र हैन हिमालले दिएको दुख पनि बुझन सक्ने हुनु पर्छ । फेरी तिम्रो पर्यटनले के नै नाप्यो र खै भनि दिदा यिनै १० प्रतिसत हिमाल ब्यापारीले टाउको फोर्ने हुनकी भनेर स्कुटर चलाउदा हेल्मेट लगाउनै पर्छ । हिमालको चिसो सिरेठो मुर्दाबाद नारा लगाउदा डराउनु पर्छ , हाहा कती सुन्दर हिमाल भनेर फोटो फेसबुकमा हाल्दा लाइक पाइन्छ वा वा पाईन्छ । त्यसैले मैले पनि मनमा जे जस्तो अनुभव भए पनि सुन्दर हिमालको फोटो सहित यो ब्लग लेखेको छु , मेरो कुरामा तपाईको बिपती अवस्य रहनेछ तर पनि ब्लग पढि दिएको मेरो दुख याने कि ९० प्रतिसत आम नेपालीको दुखको जा नाकारी पाएकोमा धन्यबाद ।