पोखरा फोटोग्राफर संघले ४३ औ वार्षिक उत्सव विभिन्न कार्यक्रमसहित मनायो

पोखरा, साउन २
पोखरा फोटोग्राफर संघ नेपालले आफ्नो ४३ औ वार्षिक उत्सव बिभिन्न कार्यक्रम सहित मनाएको छ । आफ्नो बार्षिक उत्सव मनाउने क्रममा आज बिहान पोखराको मानव अधिकारचोकमा रक्तदान कार्यक्रम गरिसकेको छ । रक्तदान जिवनदान, जिवनदान महादान भन्ने नाराका साथ भएको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ ।नेपाल फोटोग्राफर संघका उपाध्यक्ष दुर्गा प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पोखरा फोटोग्राफर संघका पूर्व अध्यक्ष तथा संरक्षक गणेश छवी श्रेष्ठले ६६ पटक रक्तदान गरेको जानाकारी गराईएको थियो । रक्तदान कार्यक्रममा बिभिन्न सहयोगी संस्थाका प्रतिनिधी साथै सहभागी फोटोग्राफरहरुले रक्तदान तथा संस्थागत सामाजिक कार्यको चर्चा गरेका थिए । पोखरा पोटोग्राफर संघको आयोजना र बिशेष सहयोगी कैलाश बचत तथा ऋण सहकारी संस्था लि रहेको सो कार्यक्रमको अध्यक्षता पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पौडेल गरेका थिए । सचिव देवानन्द पोख्रेलले सञ्चालन गरको सो रक्तदान कार्यक्रममा पोखराका बिभिन्न फोटोग्राफर ब्यवसायी सहित सर्वसाधारणहरुको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमको ब्यवस्थापनमा पोखरा फोटोग्राफर संघका महिला उपसमितिको सक्रियता रहेको रक्तदान कार्यक्रम संयोजक हरिशरण ढुड.गानाले जनाए । यसै गरी पोखरा फोटोग्राफर संघले आफनो ४३औ वार्षिक उत्सव बेलुका केक सहित भब्य तवरले मनाउदै छ । वार्षिक उत्सवको लागि आफ्ना सम्र्पूृण पूर्व अध्यक्ष्य तथा संस्थापनकालका पूर्व फोटोग्राफरहरु र हाल संस्थामा आबद्ध सदस्यहरुको साथै पोखरा फोटोग्राफर संघसग आवद्ध महिला सदस्य र शुभचिन्तकहरुलाई निमन्त्रणा गरेको अध्यक्ष रामचन्द्र पोख्रेलले जनाए ।

पोखरा फोटोग्राफर संघ पोखरा क्षेत्रका फोटो ब्यावसायी साथै फोटोग्राफरहरुको साझा सामाजिक संस्था हो । पोखरामा दित्तिय सामाजिक संस्थाको रुपमा २०३९ सालमा तत्कालिन ओरियन्ट फाटो हाउसको संञ्चालक शम्भुरत्न शाक्यको संयोजकत्वमा पोखरा फोटोग्राफर संघ स्थापना भएको थियो । यस संस्था २०४७ मा जिल्ला प्रशासन कार्यलय कास्कीमा बिधिवत दर्ता भै बिभिन्न सामाजिक क्रियाकलाव सहित सदस्यहरुको दक्षता बृद्धि र पेशागत हक हितको लागि संस्थागत गतिबिधी गर्दै आएको छ । हाल यस संस्थामा पोखरा क्षेत्रका झण्डै २ सय फोटो ब्यावसायीको प्रतक्ष संलग्नता रहेको छ ।
पोखरामा फोटोग्राफी पेशाको इतिहास हेर्दा २०१५ साल तिर केही बिदेशी सौखिन फोटोग्राफर र पाल्पाका गंगा प्रसाद श्रेष्ठले ब्यवसायिक घुमन्ते फोटोग्राफरको रुपमा शुरुवात गरेको पाइन्छ । पछी २०१७ तिर बाट मात्र ब्यवसायिक फोटोग्राफीको शुरुवात भएको थियो । पोखराका अग्रज फोटोग्राफर कृष्ण कुमार बैद्य, जगन्नाथ उलक, खेम नारायण श्रेष्ठ र पछी भेषरत्न शाक्यले पनि फोटोग्राफी गरेका थिए । साथमा पृथ्वीनारायण क्याम्पसका तत्कालिन प्रार्चाय जर्ज जोन सर पनि फोटोग्राफीको सिपबारेमा पोखरेली फोटोग्राफरको लागि प्रेरणाको श्रोत बनेका थिए । यसरी पोखराको फोटोग्राफी ब्यवसायको इतिहासमा बिसं २०२० मा ६ वटा फोटो स्टुडियो बनिसकेका थिए भने २०३० सम्ममा १२ वटा, २०४० सम्ममा ३० फोटो स्टुडियो स्थापना भएका थिए । अहिले फोटोग्राफी ब्यवसायको स्वरुप निकै परिर्वतन भए पनि पोखरामा क्षेत्रमा झण्डै ३ सय भन्दा वढि फोटो ब्यवसायी रहेका छन भने पोखरा फोटोग्राफरमा दर्ता हुन बाकी अझै एक तिहाई फोटो ब्यवसायी छन ।
आधुनिकरण र समय सापेक्ष प्रबिधीको कारण हाल फोटोग्राफी ब्यावसाय धरापमा परे जस्तो देखिएको छ यसैले प्राय पोखराका फोटो ब्यावसायीहरु आफ्नो फोटोको ब्यावसायमा मोबाईल र सहायक सामाग्री थपेर जिवन निर्भाह गरेका र कतिले स्टेस्नरी थपेर ब्यावसायिक जिवन धानेको पाइन्छ । खासगरी डिजिटल फोटोग्राफी सहित अनलाइन फोटोग्राफी र सोसल मिडियाले पनि फोटोग्राफीमा असर गरिरहेको छ । मोबाईल फोटोग्राफी तथा फोटो चाहिने कार्यालयहरुमा अनलाईन सेवा वा स्वम कार्यालय भित्रनै फो्टो खिचिने हुदा पनि फोटोग्राफी ब्यावसायलाई असर गरिरहेको छ । यो समस्या पोखरामा मात्र नभएर नेपाल भरी अर्थात डिजिटलाइजेसनले त संसारलाई नै असर गरिरहेको छ ।

 

 

Leave A Reply

Your email address will not be published.