सुचना१
newa srijana

एभरेस्ट एफएमको बृहत् रक्तदान शनिबार, विद्यालयहरूमा सचेतना अभियान सञ्चालन

पोखरा । एभरेस्ट एफएम ९३ मेगाहर्जले आउँदो शनिबार पोखरा–५ प्रस्याङस्थित रेडियो प्राङ्गणमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा हुने कार्यक्रम मंसिर ६ गते विहान ७ बजेदेखि १२ बजेसम्म चल्नेछ।

‘म त रक्तदान गर्दैछु, तपाईं नि?’ भन्ने नारासहित रेडियोले पछिल्ला दिनमा समुदायमा रक्तदानबारे सचेतना अभियान सञ्चालन गर्दै आएको छ। सोही अभियानअन्तर्गत पोखरा–३ नदीपुरका प्रतिभा मावि र ग्यालेक्सी माविका कक्षा १२ का विद्यार्थीलाई रक्तदानको महत्वबारे जानकारी गराइएको रेडियोले जनाएको छ।

एभरेस्ट मिडिया हाउसका प्रमुख सम्पादक दीपेन्द्र श्रेष्ठका अनुसार १७ देखि ६५ वर्ष उमेर समूहका, ४५ किलोभन्दा बढी तौलका, तीन महिनाअघि रक्तदान गरेका, सामान्य रक्तचाप भएका तथा महिलाको हकमा मासिक धर्मको छैटौँ दिन पुगेकाहरूले सुरक्षित रूपमा रक्तदान गर्न सक्छन्। रक्तकोशिका निरन्तर फेरिने प्रक्रियामा हुन्छन्, दान गरिएको रगतबाट तीन जनासम्मको ज्यान बचाउन सकिन्छ श्रेष्ठले बताए।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष वार्षिकोत्सवको अवसरमा गरिँदै आएको नियमित रक्तदान अभियान यसपटक पनि निरन्तरता पाउनेछ। कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग पुर्‍याउनेछ।

कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स, सन्तान आईभीएफ क्लिनिक, सिटिजन फर्निचर, आस्था किड्नी एन्ड स्पेशलाइज्ड हस्पिटल, तारा सुमन सप्लायर्स, एस एन्ड बी ट्रेडर्स, इम्पावर हेल्थ केयर, नेलम्बो नेपाल, पुन ग्रुप अफ पोल्ट्री इन्डस्ट्रीज, पञ्चरत्न आभूषणलगायतका संस्थाले सहयोग प्रदान गरेको आयोजकले जनाएको छ।

 

Sadak 1
पुल सेन्टर