नेपालमा धेरै गाउघरहरु छन जस्ले पर्यटकलाई बोलाईरहन्छन । यसै मध्यको एक पर्यटकिय गाउ हो तकशेरा । पोखराका फोटोग्राफर तथा पत्रकारहरुले रुकुमको तकशेरामा त्यहाको स्थानिय निकायका पदाधिकारीसग अन्तरक्रिया भेटघाट कार्यक्रम गरेका छन । कार्यक्रममा पोखरा देखी गएका २७ जना फोटोग्राफरहरु बिच पुथा उत्तरगंगा गाउपालिका अध्यक्ष पुनिराज घर्तीमगरले आफ्नो गाउमा स्वागत भन्दै गाउपालिकाको बस्तुस्थिती, भौतिक बिकास एवं पर्यटकिय जानाकारी दिएका थिए ।
उनले गाउलेहरुको बसाई सराई तथा बैदेशिक यात्राले पनि जनसंख्या र बिकासे योजनामा असर गरेको बताएका थिए । तर पनि पूर्व पश्चिम लोकमार्ग अन्तरगतको काक्रीबाट तकशेरा जोड्ने मोटरेवल पक्की सडक शहिदमार्ग अन्तरगतको योजनामा पार्ने बहुवर्षिय योजनाबारेमा जानाकारी दिए ।
कार्यक्रममा तकशेरा वडा नं १० का वडाअध्यक्ष भरत बुढामगरले स्थानिय खाम पुरानो सस्कृती, घरहरुको बिशेषता, गाउघर इतिहास र चाडपर्वहरुको बारेमा बताएका थिए ।
तकशेरा पुथा उत्तर गंगा गाउपालिका अन्तरगतको नेपालकै नया जिल्ला पूर्बि रुकुममा पर्दछ । बि.सं. २०७२ वाट रुकुमको पूर्व र पश्चिम २ भाग भएर बनेको यो नया जिल्ला नेपालका २२ हिमाली जिल्ला मध्य एक हो । यो जिल्लाको पूर्वमा बाग्लुड. र पश्चिममा पश्चिम रुकुम छ भने उत्तरमा डोल्पा तथा ढोरपाटन आरक्षण क्षेत्र र दक्षिणमा रोल्पा रहेको छ । यस जिल्लाको जनसंख्या जम्मा ५३ हजार छ भने प्राचिन तथा मध्य कालिन समयको खाम मगर सस्कृतीको मुल थलो हो । पुथा उत्तर गंगा गाउपालिका अध्यक्ष पुनिराज घर्तीमगरका अनुसार हाल यस गाउपालिकाको जनसंख्या करिव २० हजार रहेको छ भने नेपालकै धेरै वडा भएको गाउपालिका पुथा उत्तरगंगामा १४ वडा छन । ८० प्रतिसत भन्दा वढी मगरको बस्ती रहेको पुथा उत्तरगंगा गाउपालिका अन्तरगतको तकशेरा २ गाउको नामले बनेको हो । तक गाउका टकाले र शेरा गाउका शेरालहरुको बस्ती बिच ढोरपाटन आरक्षण क्षेत्रबाट आएको उत्तरगंगा नदी उत्तर तिर बगेर दुई गाउलाई वारीपारी छुटट्याउछ । समुन्द्री सतहबाट २२०० मिटर उचाइमा रहेको तकशेरा गाउको बि सं २०६८ को जनगणना अनुसार जनसंख्या झण्डै ३७ सय छ भने ९०२ धरधुरीहरु छन । तर अहिले भने झण्डै आधा घरहरु बसाई सराईले खाली छन । यी घरधुरी वा बस्तीहरु पनि ६ भिन्न भिन्न प्रकारका छन । यहाका गाउ अनुसारकै ३ प्रकारका फरक भाषा छन भने मुख्य भाषा खाम हो । नेपाली भाषा प्राय सवैले बुझ्छन र अहिलेको शिक्षा, बिकास, बसाई सराई र पर्यटन प्रर्बद्धनले नया पुस्तालाई परम्परागत पेशा, ब्यावसाय र भाषा सस्कृती भन्दा नया आयातित भाषा सस्कृतीले प्रभावित गरिरहेको छ ।
तकशेरा एक मनोरम प्राकृतिक सुन्दरताको बिच गुजुमुट्ट परेको यो गाउ प्रकृतीको बरदान नै हो जसमा सस्कृती र परम्परागत रितीरिवाजले गहनाको रुपमा सजाएको छ । यहाका सवै मानिसहरु खाम भाषा बोल्छन भने नेपाली पनि जान्दछन । यहा एक घरको आगन अर्को घरको
छाना हो भने छानामा ढोक्रा राखिएको पाईन्छ । घरमाथीको ढोक्रामा मकैलाई भण्डारण गरिन्छ भने फर्सी पनि राखिन्छ ।
पुथा उत्तरगंगा गाउपालिका वडा नं १०का वडा अध्यक्ष भरत बुढामगरले दिएको जानाकारी अनुसार तकशेराका मानिसहरुको चाडहरुमा मुख्यतय झाक्री, भुमे पुजा, र अन्य नेपाली पर्वहरु हुन । तकशेरा र वरपरको बस्ती तथा बासिन्दाको रहनसहन, उनीहरुको बोली भाषा र पोशाक तथा जिवनपद्धती एक अध्यानको बिषय हो । माओबादीको १० वर्षे जनयुद्धमा अति प्रभावित यो क्षेत्र अर्को अध्यानको बिषय पनि हो ।
पुर्वी रुकुमको सदरमुकाम रुकुमकोट हो जुन पोखराबाट २४१ किमी पश्चिम मध्यपहाडी लोकमार्गमा पर्दछ । तर तकशेरा जान भने त्यही राजमार्गको लुगुमबाट २० किमी उत्तर कच्चीबाटो जानुपर्दछ । बाग्लुड. बजारबाट लुगुमसम्म मध्यपहाडी लोकमार्गको १४१ किमी यात्रा पछी आउने काक्री बजार पुग्नु पर्छ । त्यसपछी रुकुमकोट जाने राजमार्गलाई छाडेर कच्ची सडक उकालो र ओरालो हुदै टकशेरा पुगिन्छ । यो सागुरो र भिरालो २० किमी कच्चीबाटोको लागि शहिदमार्ग अन्तरगत बहुवर्षिय योजनामा परेको तर काम कहिले शुरु हुने भन्ने थाहा अहिले सम्म नभएको पालिका अध्यक्षले जानाकारी दिए । उनका अनुसार तकशेरा पर्यटकिय गाउ भएको र यहा वर्षेनी हजारौ पर्यटक आउने गरे पनि उनीहरुको लागि पर्यटक सूचना केन्द्र र रेकर्ड राख्ने कार्य निकट भविष्यमा गरिने भएको छ ।
तकशेरा पुग्न कतीपय मानिसहरु बाग्लुड.को बुर्तीबाड. सम्म बिभिन्न सवारी साधनमा गएर त्यहाबाट नियमित टकशेरा चल्ने जिपमा चढेर जाने गरेको पनि पाइन्छ । पोखरा जिरोबाट नियमित बुर्तीबाड. चल्ने जिप वा स्कारपियोले प्रतिब्यक्ति १४ सय लिने गर्दछ भने बुर्तिबाड.बाट टकशेरा १३ सय लिने गरेको जिप सञ्चालकहरु बताउछन । बसमा जानेहरु सिधै काठमाण्डौ पोखराबाट काकी्र झरेर त्यहाबाट टकशेरा जिपमा जाने गरेको पनि पाइन्छ । कतिपयहरु जिप रिजर्व गरेर जानेगरेका पनि छन । तकशेरामा केही होटल, पाहुनाघर र होमस्टेहरु छन जस्ले यहा आउने पर्यटकको राम्रो सेवा सुबिधा दिईरहेका छन । तकशेरा सामुदायिक होमस्टेका सञ्चालक कमला रोकाका अनुसार दुर्गम हिमाली जिल्लाको गाउ भए पनि यहा होटल खर्च र खाना त्यती महड.गो छैन तर ठुला शहर बजारको भन्दा धेरै आथित्यता र आत्मियता पाईन्छ ।
सामान्यतय पोखराबाट ३ दिनका लागि तकशेरा पुगेर फर्किदा ८ देखी १० हजार खर्च लाग्छ । बढि खर्च गर्ने वा खानपानमा बिशेष चाहिनेको लागि भने अर्को कुरा हो । तकशेरामा खाने बस्ने होटलहरु र होमस्टेहरु पनि सिजन अनुसार मानिसको चाप हुने गर्दछन । तर पनि त्यहा पुगेका पर्यटकलाई खाने बस्नेको कुनै असुबिधा भने छैन ।
नेपालका सवै गाउघर बसाई सराई र बैदेशिक रोजगारले रित्तिदै छन भने युवाहरु गाउमा पाउन मुस्किल छ त्यसको प्रभाव टकशेरामा पनि परेको अर्का होटल सञ्चालक देवा रोक्का मगर भन्छन । तक गाउको फेदी गाउपालिका नजिकै होटल सञ्चालन गरेका युवा देवा रोक्काका अनुसार तकशेराका अधिकांस युवा अमेरिका पुगेका छन भने पैसा कमाएर शहर बजार तिर परिवार सार्ने प्रबृतीले गाउका युवा रित्तिदै छन ।