newa srijana

पोखरामा हाइसमा लुकाएर ल्याइरहेको ब्राउनसुगरसहित दुई जना पक्राउ

पोखरा । लागूऔषध ब्राउनसुगर ओसारपसार गरेको आरोपमा प्रहरीले पोखरामा दुई जनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको टोलीले पोखरा आउँदै गरेको हाइसको चेकजाँच गरेको थियो।

सिटीजन फनिच्रर

प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतका अनुसार पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रोकिएको ग १ ख ४४९९ नम्बरको हाइसमा सवार दुई यात्रुबाट ३.८९ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएको हो।

Mountain run pokhara click

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३२ का ३७ वर्षीय बिनोद ढकाल र मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ सिक्रेनीका ३८ वर्षीय विकास लामा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषध मुद्दामा कास्की जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

Rabin photo