होटल संघ पोखरा नेपालको अध्यक्षमा पुन लक्ष्मण सुवेदी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । होटलसंघ पोखराको २१ औं अधिवेशन तथा ४२ औं साधारण सभाले सुवेदीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको थियो ।
समितिको निवर्तमान अध्यक्षमा विकल तुलाचन, प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल, सचिवमा पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सह कोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भएका छन् । सदस्यहरुमा भरतराज शर्मा, डिल्लीराम गौतम, पञ्चम लामा, शिवराज पहारी र प्रतिकराज पहारी निर्वाचित भएको निर्वाचन मण्डल अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।
६ मंसिर २०८१, बिहीबार