कोटि होम १

पत्रकार महासंघ कास्कीका सचिव माधव बराल पुरस्कृत

पोखरा ।

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी, कास्कीबाट नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल पुरस्कृत भएका छन्।  स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८०’ बाट बराल पुरस्कृत भएका हुन् । उनलाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित सम्मान पत्र र दोसल्लाले गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कास्की इञ्चार्ज थममाया थापा, प्रेस चौतारी नेपाल कास्कीका कार्यबहाक अध्यक्ष मोतिसागर अधिकारी लगायतले पुरस्कार अर्पण गरे ।
२०५९ सालबाट पत्रकारिता थालनी गरेका पोखरा २८ कालिकाका स्थायी बासिन्दा बरालले पोखरा हटलाइन, गगन दैनिक, सन्ध्याकालीन दैनिक, माछापुच्छ्रे एफएम, धौलागिरी एफएम, रेडियो अन्नपूर्ण, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका, समाधान दैनिक, अन्नपूर्ण पोष्ट र पब्लिक टिभीमा काम गरिसेकेका छन् । प्रेस चौतारी कास्कीको अध्यक्ष भएर कुशलतापूवक जिम्मेवारी पुरा गरेका उनी हाल चौतारीको केन्द्रीय सदस्य तथा मिडिया अनुगमन विभागको संयोजकको भूमिकामा समेत छन् ।

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस अगाडि पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल,शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेल पुरस्कृत भइसकेका थिए ।

Nawa Srijana

दिवसकै अवसरमा प्रेस चौतारी पत्रकारिता सम्मान २०८० बाट मीना गुरुङ र हुमबहादुर गुरुङलाई अर्पण गरिएको छ । चौतारीले गत वर्षदेखि नै सम्मान अर्पण गर्न थालेको हो । गत वर्ष राजु भण्डारी र सावित्री खनाल सम्मानित भएका थिए । यस वर्ष सम्मानित भएकी मीना लामो समय सञ्चारकर्ममा योगदान गरी राजनीतिमा क्रियाशील छन् । सौन्दर्यकर्मी व्यवसायी समेत रहेकी उनी पत्रकार महास‌ंघ कास्की पूर्व कार्यसमिति सदस्य तथा गण्डकी प्रदेशको पूर्व प्रदेश सभा सदस्य समेत हुन् ।

साढे २ दशकदेखि पत्रकारितामै सक्रिय हुम कास्की आवाज दैनिकका सम्पादक तथा प्रकाशक हुन् । अग्रणी संस्था तमु धिँ नेपालका अध्यक्ष रही समाजसेवामासमेत सक्रिय गुरुङले पत्रकारितामा अनवरत योगदान दिइरहेका छन् । उनी पत्रकार महास‌ंघ कास्कीका पूर्व कार्यसमिति सदस्य समेत हुन् ।

प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा उनीहरूलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको हो ।

२६ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारिता क्षेत्रको विकासको लागि सबै पत्रकार एकठाउँमा उभिनुपनर्नेमा जोड दिए ।
पत्रकारितामा क्षेत्रमा धेरैं खालका चुनौती थपिएको भन्दै सबै एक भएमात्र ती चुनौतीको सामना गर्न सकिने बताए । गण्डकी प्रदेशबाट आमसञ्चार विधयेक प्रतिपक्षी दलको विशेषा सहयोगमा टुंग्याउन लागेको खुलाए । पत्रकारिता राज्यको चौथौं अगं भन्दापनि अनिवार्य अंग भएको सुनाए ।
प्रेस चौतारी नेपाल कास्कीका कार्यबहाक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमा सम्मानित व्यक्तिहरू हुम तमु र मिना गुरुङ, पुरस्कृत व्यक्तित्व माधव बराल, एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, प्रेस चौतारी नेपाल कास्कीका संस्थापक अध्यक्ष पुन्य पौडेल, पूर्व अध्यक्ष तथा छनोट समितिका संयोजक हरि बाँस्तोला, नेपाल पत्रकार महसंघ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रेस चौतारी कास्कीका उपाध्यक्ष बालकुमारी पौडेल तारा र सचिव रञ्जन अधिकारी क्षेत्रीले बोलेका थिए ।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.