जियस नेपाली
पर्यटनको पर्खाई
पर्यटन भनेको प्रकृति, सस्कृती र सेवा सुबिधा भन्ने मात्र हैन पर्यटनको परिभाषामा आत्मियता पनि हुनैपर्छ । पर्यटनसग आर्थिक पाटो त अवस्य जोडिन्छ नै तर पनि आत्मियताको पर्यटन दिगो र चीरस्थाई हुन्छ । यही आत्मियताका धनी नेपालको सुदुरपश्चिम दार्चुलाको अपि हिमाल वरपरका स्थानियहरु प्रकृती तथा सस्कृती सगै आथित्यता प्रदान गर्न स्वदेशी तथा बिदेशी पर्यटकको पर्खाइमा छन ।
आत्मियताको आथित्यता
नेपाल ५ पटक आईसकेको बताउने अमेरिकन युनिभर्सिटी, वासिड.टन डिसिकोे एक प्रोफेसरलाई केही वर्ष अगाडी भेटेको थिए । उनलाई मेरो प्रश्न थियो तपाईलाई नेपालले पटक पटक बोलाउनुमा पहिलो दोश्रो र तेश्रो मुख्य कारण के के हो ? मेरो अपेक्षा नेपालको प्रकृती, पदमार्ग र सस्कृती होला भन्ने थियो । तर उनले भनिन पहिलो त न प्रकृती न त सस्कृती नै हो , मलाई लागेको नेपाल आकषर््ाणको पहिलो तत्व यहाका जनताको हार्दिकता हो । हिमाल, सगरमाथा र अन्य प्राकृतिक सुन्दरताले भरिएको नेपालमा बहुसास्कृतिक परम्पराले पनि पर्यटकलाई आर्कषण गरिरहेको छ तर उनको उत्तरमा पहिलो त नेपालीको हार्दिकता र आत्मियता भन्ने पाईयो ।
अपिको अवस्था
आजकल नेपालका चर्चित पर्यटकिय पदयात्राका गन्तब्यहरुमा आत्मियता भन्दा ब्यापरिकता बढ्दै गएको पाईन्छ । चाहे एभरेष्ट बेसक्याम्प होस वा एबिसी तर सुन्दर प्रकृतीको काखमा आफ्नै मौलिक सस्कृती बोकेका दार्चुलाबासीमा भने आत्मियताको हिमचुली अर्थात खानी रहेको पाईयो । सुदुर पश्चिम नेपालको सवैभन्दा अग्लो हिमाल भनेर चिनिने दार्चुला जिल्ला अपी गाउपालिकामा पर्ने अपि हिमाल र यस वरपरका हिमश्रृखलाहरुको पर्यटकिय अवलोकन भ्रमण बिगत झण्डै ५ वर्ष देखी मात्र भएको हो । अहिले भने अपि हिमाल बेसक्याम्प टे्रकले निकै गति लिईरहेको छ । ४ हजार मिटर उचाईको अपि बेस क्याम्प ठुलो पाटन अर्थात बिशाल घासे मैदान छ । यहाबाट ६ हजार मिटर माथीका १५ हिमालहरु एकै ठाउमा बसेर अवलोकन गर्न सकिन्छ । ७ हजार १३२ मिटर उचाईको अपि, ६ हजार ९२९ मिटरको नम्पा र यसका श्रृखला साथ बोबाए, जेठिबहुरानी, कपिल हिमाल लगायत लहरै हिमाल वेसक्याम्पबाट देख्न सकिन्छ । बेसक्याम्पमा नै चमेलिका नदीको मूल धार्मिक स्थल पनि छ भने केही पर कालिढुड.गा ताल तथा रिड.देपानी ताल पनि रहेका छन । बेसक्याम्पमा पनि २ वटा चियापसल छन र यहा बस्ने खानेको सुबिधा पनि छ । सम्भवत ६ हजार मिटर माथिका हिमालहरु मध्य यती ठुलो मैदानी सहज र सुन्दर स्थल अन्य कुनै नहोलान ।
समयको सवारी
काठमाण्डौबाट १ घण्टा १० मिनटको हवाई यात्रामा पुगिने कैलाली जिल्लाको धनगढी शहरमा नेपालको पूर्वपश्चिम राजमार्ग प्रयोग गरेर बसयात्राबाट पनि धनगढी पुग्न सकिन्छ । अपि हिमाल यात्रा धनगढीबाट शुरु हुन्छ । धनगढी नजिकैको अत्तरियाबजारमा दार्चुला जाने प्रसस्त जिपहरु र बस पनि पाईन्छ । अत्तरिया देखी महाकाली राजमार्ग हुदै कैलालीको गोदावर, भासु भिर हुदै डोटी जिल्ला छोईन्छ । डोटी काटेर डडेल्धुरा जिल्ला सदरमुकाम हुदै बैतडी पुग्नु पर्छ । बोलेरे जिप चल्ने हुदा कैलालीबाट १२ घण्टामा बैतडी पुरा जिल्ला काटेर पाटन बजार हुदै दार्चुलाको फेदीको गोकुलेश्वर बजार पुगेर बास बस्न सकिन्छ । अर्को दिन गोकुलेश्वरबाट ५ घण्टाको जिप यात्रा उत्तरतिरबाट आएको चमेलिया नदिको तिरैतिर खण्डेश्वरी, मकरीगाढ पुग्न सकिन्छ । मोटरगाडीको अन्तिम स्थान यही मकरीठगाढ हो भने अव पैदलयात्रा शुरु हन्छ । प्राय
पैदलयात्रीहरु सोही दिन मकरीगाढबाट ५ घण्टामा पारी भुषा पुग्न सक्छन भने वारीको माथिल्लो गाउ नौपाटा तिर बस्न जानेहरु पनि हुन्छन । नौपाटा गाउमा नै अपि गाउपालिका भवन छ र यस गाउमा पर्यटकिय होमस्टेहरु पनि छन । भुषा पुगेका पैदल यात्रीको लागि पनि त्यहा होमस्टेहरु छन । अर्को दिन सजिलै सिती गाउ पुग्न सकिन्छ । सितिगाउ यो क्षेत्रको अन्तिम गाउ हो, यहा पनि होमस्टेहरु छन । सितीबाट फेरि चमेलिया नदीको किनार तिर ओर्लेर खायकोट हुदै छिरछिरे वा सिमार पुगेर खाना खान वा बस्न सकिन्छ । हिड्न सकेमा चमेलिया नदी किनारै किनार दमोल हुदै भल्लेखोला भएर धौलीओडार गएर बस्न सकिन्छ । धौलिओडार अपि बेस क्याम्प ट्ेकको मुख्य बसोबास केन्द्र हो । यहा बस्ने खानेका पर्यटकिय होटल अर्थात टिहाउसहरु छन । हिमाल र पहाडको खोचमा रहेको धौलिओडार अपि बेसक्याम्प ट््रेकको सहज र सुरक्षित स्थान पनि हो । यहा देखी २ घण्टामा सजिलै अपि बेसक्याम्प पुग्न सकिन्छ । उकालो ओरालो र तेर्पाए खोलाको तिरैतिर बनको बाटो रहेको यो पदयात्रा सारै सहज छैन र त्यती अप्ठ्यारो पनि हैन अर्थात हिमालय क्षेत्रको मोडरेट ट्रेकमा गनिन्छ । सामान्यतय काठमाण्डौबाट बिहान धनगढी पुगेको पदयात्री पाचौ दिनमा सजिलै बेसक्याम्प पुग्न सक्छ । फर्किदा भने ३ दिनमा नै धनगढी फर्किन सकिन्छ । समग्रमा ८ देखी १० भित्रमा यो पदयात्रा सम्पन्न गर्न सकिन्छ ।
खर्चको खुलासा
यो यात्रा अन्य पर्यटकिय गन्तब्य भन्दा धेरै खर्चालु पनि छैन । किनकी धनगढी पुग्ने जहाज खर्च बाहेक अत्तरियाबाट मकरिगाढ चल्ल्े बलेरो जिपले हाल प्रतिब्यक्ति २ हजार ५सय लिने गरेका छन । यात्रामा होटल तथा होमस्टेहरुमा सादा खानाको ३ सय सम्म लिएको पाईयो । बेसक्याम्पमा भने केही बढि पर्छ । अपि नाम्पा संरक्षण क्षेत्रमा रहेका होटल तथा होमस्टेको सामान्य खाने बस्नेको मुल्य गाउपालिकाले तोकिदिएको छ अर्थात ठाउ अनुसार एकरुपता कायम गर्न खोजिएको छ । मकरीगाढ देखी माथी होटल तथा होमस्टेमा बसेको प्रति ब्यक्ति हाल १ देखी ३ सय लिने गरेको भन्ने जानाकारीमा आयो, यसैले यो पदयात्रामा एक मितब्ययी पदयात्रीको लागि आजको समयमा झण्डै १० हजारले ८ दिन घुम्न रमाउन सकिने रहेछ ।
आत्मियतामा अपिबासी
यस क्षेत्रका मानिसहरु निकै मेहनती छन र उनीहरु मानविय मुल्य बुझेका सोझा छन । उनीहरु ब्यापारिक भन्दा आत्मियता मन पराउछन । हरेक मानिसहरु सहयोगी छन भने महिला पुरुष दुवै खुलेर बोल्छन । घरमा आएका पाहुनालाई आफ्नै ईष्टमित्र मान्ने यहाको परम्पराले पाहुनालाई बढि सन्मान दिने गरेको देखियो । यहाका महिलाहरु अन्य क्षेत्र भन्दा बढि खुल्ला छन अर्थात स्वतन्त्र छन । प्राय क्षेत्री जातीको बसोबास रहेकाृ अपि नाम्पा संरक्षण क्षेत्रमा पढेलेखेका पनि धेरै छन । भौगोलिक दुर्गम भए पनि यहाका मानिसहरुको बर्षेनी प्राकिृतिक उत्पादानले धनि बनाएको छ । त्यसैले अस्थाई बसोबास धनगढी वा शहर तिर भए पनि स्थाई यहीको बासिन्दा भैरहन चाहन्छन । भाषा र सस्कृतीमा केही भिन्न भएपनि नेपाली प्रस्ट बुझ्ने र बोल्ने गरेको पाईन्छ । आफ्नै कला सस्कृती भए पनि डेउडाको प्रभाव निकै छ ।
नेपालको सुदुर पश्चिम अझ उत्तरमा चिन र पश्चिममा भारतसग जोडियो यो दार्चुलाको अपि नाम्पा वरपरका बासिन्दा दुखको अवस्थामा भए पनि खुसी देखिन्छन र आफ्नो खुसी पाहुनालाई बाड्न चाहन्छन ।
सहयोगी संस्थाको सहकार्य
६१३ वर्ग किमिमा फैलिएको अपिहिमाल गाउपालिकामा झण्डै ६८०० जनसंख्या छन । अपि नाम्पा संरक्षण क्षेत्र भित्र केही गाउपालिकाहरु परे पनि अपि हिमाल गाउपालिकाले मुख्य भूमिका खेलेको छ । साथमा संरक्षण क्षेत्र आयोजना, अन्य सरकारी तथा गैह्सरकारी आयोजना र प्रदेश तथा केन्द्र सरकारले समेत अपि हिमाल क्षेत्रलाई बिकासमा सहयोगीको भूमिका खेल्दै आएको छ । पर्यटन प्रर्बद्धन केन्द्र र गाउपालिकाले स्थानियको जिवन स्तर माथि उठान तथा पर्यटन बिकासको लागि निकै प्रयास गरेको छ । युवा जोशजागर उत्साह र बृहत सोचका धनी गाउपालिका अध्यक्ष भक्तसिह ठाकरे बोहराको नेतृत्वमा गाउपालिकाको जनशक्तिले अपि क्षेत्रको भौतिक तथा मानविय बिकासमा अतुलनिय सहयोग गर्दै आएको देखिन्छ । यही उदेश्यले अपि क्षेत्रको बिकास र प्रचारको लागि सो क्षेत्रमा हालै काब्य यात्रा र योग शिविर गरेको थियो । काठमाण्डौ देखी कवी, साहित्यकार र पत्रकार बोलाएर आफ्नो आत्मियता प्रदर्शन गरेको अपि गाउपालिकाले दार्चुला सदरमुकामबाट बोलाएर ध्यान तथा योग शिविर पनि अपि बेसक्याम्पमा नै सञ्चालन गरेको थियो ।
