newa srijana

पोखरा चिप्लेढुङ्गामा फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीको नयाँ शाखा सञ्चालनमा

पोखरा । पोखराको चिप्लेढुङ्गामा फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीको नयाँ शाखा सञ्चालनमा आएको छ।

सोमबार आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गंगा बहादुर खड्काले शाखाको औपचारिक शुभारम्भ गराउनुभयो। कार्यक्रममा उहाँले विदेशमा अध्ययन गरेर प्राप्त ज्ञान र सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड दिँदै त्यसबाट मुलुकको विकासमा योगदान पुग्ने बताउनुभयो।

सिटीजन फनिच्रर

शाखाका निर्देशक कमल खड्काका अनुसार अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा र न्युजिल्यान्डसहितका देशमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई शैक्षिक परामर्श, करियर काउन्सिलिङ, भाषा प्रशिक्षण तथा विद्यार्थी मार्गदर्शनसम्बन्धी सेवा प्रदान गरिने जानकारी दिए।

Mountain run pokhara click

कार्यक्रममा विद्यार्थीले विदेशमा पढाइसँगै त्यहाँको सभ्यता, संस्कार र जीवनशैली पनि आत्मसात गरेर फर्किनुपर्ने खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले बताउनुभयो। फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीले शिक्षाका साथै खेलकुद क्षेत्रमा पनि विद्यार्थी तथा खेलाडीहरूलाई उचित मार्गदर्शन र प्रोत्साहन दिँदै आएकोमा उहाँले सराहना गर्नुभयो।

फ्रेङ्कलिनको केन्द्रीय कार्यालय बेलायतमा रहेको छ भने नेपालमा काठमाडौं र पोखरासहित पाँच स्थानमा शाखा विस्तार भइसकेको छ। शाखा सञ्चालनको पहिलो दिनमै ३३० जना विद्यार्थी तथा अभिभावकले कार्यालय भ्रमण गरी सेवाबारे जानकारी लिएका थिए। सो अवसरमा भ्रमणमा आउनेहरूलाई प्रोसेसिङ शुल्कमा विशेष छुट प्रदान गरिएको कन्सल्टेन्सीले जनाएको छ। कन्सल्टेन्सीले अनलाइनमार्फत आइएल्टस र पिटिई कक्षासमेत सञ्चालन गर्ने योजना रहेको बताएको छ।

 

Rabin photo