सामूहिक नृत्य प्रतियोगिता तर्फ संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोक प्रथम, संरक्षण क्षेत्र व्यवस्थापन समिति सार्दीखोला द्वितीय, संरक्षण क्षेत्र व्यवस्थापन समिति धम्पुस तृतीय, संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान सान्त्वना हुँदा संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङ घलेलले प्रोत्साहन पुरस्कार प्राप्त गरेको थियो ।
विद्यालय स्तरीय चित्रकला प्रतियोगिता तर्फ निष्पक्ष माविका सनोज विक प्रथम, उदय माविका खगेन रसाइली द्वितीय, महेन्द्र माविका आदित्य अधिकारी तृतीय र अन्नपूर्ण आधारभूत विद्यालयका ईशान तामाङ सान्त्वना भएका थिए ।
कृषि प्रदर्शनीमा मसला जन्य तर्फ माछापुच्छ्रे गाउँ पालिका वडा नं। ५ का विष्णु क्षेत्री प्रथम, वडा नं। ५ कै सिता लामिछाने द्वितीय र वडा नं। ७ का प्रेम सुनार तृतीय भए । फलफूल तर्फ वडा नं। ३ का देवीलाल शर्मा प्रथम, वडा नं। ५ का खिमलाल पौडेल द्वितीय, वडा नं। ७ का राम बहादुर भण्डारी तृतीय र वडा नं। १ की मनीषा गुरुङ सान्त्वना भए ।
त्यसै गरी तरकारी तर्फ वडा नं। ४ का अमृत अधिकारी प्रथम, वडा नं। ३ का जगदीश लम्साल द्वितीय र वडा नं। ३ कै तुलसी आचार्य तृतीय भए भने कृषि प्रदर्शनी तर्फ प्रेम सुनार र रिभान कृषि सहकारी संस्था लिमिटेडले विशेष पुरस्कार प्राप्त गरे । कार्यक्रममा विजयीलाई नगद र सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यस्तै संरक्षणको विकासमा खेलेको योगदानको कदर स्वरुप विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा संरक्षण किसान सम्मानबाट रिभानकी राधिका ढुङ्गाना, हरियाली कार्यक्रममा सहयोग पु¥याएका रिभान हुम्दीका देवीलाल लामिछाने र साबिक रिभान वन व्यवस्थापन उप समिति रहेका थिए । उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माछापुच्छ्रे गाउँ पालिकाका अध्यक्ष मीन बहादुर गुरुङले संरक्षण क्षेत्रबाट आयआर्जन र राजस्व वृद्धि गर्न एक भएर लाग्नु पर्ने बताए । ‘यो पालिकामा रहेका वडाहरू मध्ये वडा नं। ६ बाहेक सबै संरक्षण क्षेत्रमा जोडिएको छ, नियमावलीमा केही संशोधन गर्नु पर्ने देखिएकाले म हरदम यसमा लागि रहेको छु’ उनले भने, ‘केही विमतिका बावजुत पनि हामीले यहाँका स्थानीयलाई आय आर्जनमा जोड्न र स्थानीय सरकारको राजस्व बढाउनका लागि हामी हातेमालो गरेर अगाडि बढ्नु पर्दछ ।’ उनले यस क्षेत्रमा किसानहरूलाई बाँदर आतंकले सताएकोले यसको समाधान खोज्नु पर्ने उल्लेख गरे ।
अन्नपूर्ण संरक्षण आयोजनाका आयोजना प्रमुख डा।रविन कडरियाले यस क्षेत्रमा संरक्षण आयोजनाले नाङ्गा पाखालाई हरियाली बनाउने स्थानीयलाई आय आर्जनमा जोड्ने, शिक्षा, सिँचाइ, पानी सरसफाईसँगै पछिल्लो समय पर्यटनको क्षेत्रमा पनि काम गरेको उल्लेख गर्दै आगामी दिनमा स्थानीयसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । माछापुच्छ्रे गाउँ पालिकाकी उपाध्यक्ष सिता अधिकारीले संरक्षणको क्षेत्रमा यहाँ स्थानीयलाई दक्खल बनाउँदै एक भएर अगाडि बढ्नु पर्ने बताइन् ।
कार्यक्रममा माछापुच्छ्रे गाउँ पालिका वडा नं। ९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्री, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङका प्रमुख लेखनाथ गौतम, रेन्जर सुदिप केसी, संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोकका अध्यक्ष रविलाल पोख्रेल, संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङ घलेलका अध्यक्ष ओमप्रकाश गुरुङ, राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान कास्कीका अध्यक्ष परशुराम अधिकारीलगायतले बोलेका थिए । उक्त अवसरमा वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीले संरक्षण सम्बन्धी सचेतना जगाउने नाटक प्रस्तुत गरेका थिए ।
संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभानका अध्यक्ष तोरण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं। ५ का वडा अध्यक्ष नारायण प्रसाद पौडेलले स्वागत र समितिका सचिव शिव प्रसाद भुसालले कार्यक्रम सञ्चालन गरेका थिए ।





