सुचना१
newa srijana

बैदामको अन्नपूर्ण आमा समूहमा पगेनीको नेतृत्व

पोखरा । अन्नपूर्ण आमा समुह पोखरा महानगर पालिका वडा नं– ६ बैदामको अध्यक्षमा गोमा पगेनी चयन भएकी छन् । संस्थाको विहीबार सम्पन्न १४औ अधिवेशन तथा २७औं साधारणसभाले पगेनीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको सल्लाहकार तथा निर्वाचन मण्डलका संयोजक नेत्रलाल भण्डारीले जानकारी दिए ।

संस्थाको प्रथम उपाध्यक्षमा चन्द्रकला घिमिरे पहारी चयन भएकी छन् । यस्तै द्वितीय उपाध्यक्ष गोमा भण्डारी, सचिवमा ऋषिमाया पहारी, कोषाध्यक्षमा उर्मिला ढकाल, स–सचिबमा कमला अधिकारी, कोषाध्यक्षमा गौमाता कुवँर चुनिएकी छन् । यस्तै सदस्यहरूमा भुमि जि।सी, तारा रेग्मी, पार्वती न्यौपाने, सिता ढकाल, सिता पौडेल, जानका पौडेल, निरा पौडेल, रमा शिवभक्ति, मिठु गिरी, मगली भुजेल, गायत्री भुजेल भट्टराइ, यसोदा लामिछाने, विमला कार्की कुवँर र शान्ति पौडेल चयन भएका छन् ।

निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ । निर्वाचन अघि भएको संस्थाको अधिवेशनमा उद्‌घाटन गर्दै प्रमुख अतिथि एवम् पोखरा महानगर पालिका वडा नं – ६ वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले वडा नं– ६ मा रहेका आमा समुह मध्य अन्नपूर्ण आमा समुह अरु भन्दा पृथक रहेको बताए । संस्थाले समाजमा रहेका विकृति विसंगतिलाई न्यूनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरको र आफ्नो क्षेत्रमा फोहोर मैला व्यवस्थापनमा समेत उल्लेख्य योगदान रहेको बताए ।

सामाजिक क्षेत्रमा भएका विकृति र विसंगतिका बारेमा न्यूनिकरण गर्ने कुरामा समुहको योगदान महत्वपूर्ण रहने छ । पोखरा महानगर पालिका वडा न ६का वडा सदस्य दिपेन्द्र पहारीले संस्थाले समाजमा रहेको विकृति विसङ्गति सहित अन्धविश्वासको बारेका जनचेतना फैलाउन सुझाब दिए । समाज भइरहेको महिला हिंसाका विरुद्ध पनि आवाज उठाउन्नँ पर्ने बताए ।

सडक महोत्सव

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष ढाकुर बरालले महिलाहरूलाई संविधानले दिएको अधिकारको बारेमा समाजमा रहेका महिला दिदीबहिनीहरूलाई ज्ञान हुन आवश्यक रहेको सुनाए । अव्यवस्थित पार्किङ र ध्वनि प्रदुषण लाई न्यूनिकरण गर्ने तर्फ स्थानीय सरकारलाई सुझाए । पर्यटन व्यवसायी तथा सल्लाहकार भिमसेन भुजेलले फेवा तालको मापदण्डको नाममा राज्यले पर्यटन व्यवसायीलाई आतङ्‌कित पारेको बताए । महिला सञ्जाल बैदामकी अध्यक्ष बविता मल्लले महिला दिदीबहिनीहरु लाई आर्थिक उपार्जन सग जोडिन आग्रह गदर्,ै उद्यमसिल बन्न जोड दिइन ।

अध्यक्ष रेनु लामिछाने आफ्नो क्षेत्र भित्र फोहोर मैला ब्यवस्थापन देखी कोभिड र डेङ्गु रोगको बारेका जनचेतना सहित प्रचा पम्पिलेट सगै घरदैलो गरेको सुनाइन । अगामि दिनहरुमा पनि सदस्यहरुका आर्थिक स्तर सुर्धान गर्ने कार्यक्रम हरु ल्याउनु पर्ने बताइन । नवनिर्वाचित अध्यक्ष गोमा पगेनीले अग्रजहरुको सुझावलाई मध्यनजर गर्दै स्थानीय निकाए सगँ समन्वय गरेर सिप मुलक तालिमहरुको आयोजना आउँदा दिनहरुमा गर्ने प्रतिबद्धता ब्यक्त गरीन ।

सल्लाहकार तथा तथा पूर्व अध्यक्ष मिना ढकालले आमाहरुको विचार भावनाहरु आदान प्रदान गर्ने शसक्त माध्यम बन्दै, अग्रजहरुको राय सुझाब अनुसार अगाडि बढनु पर्ने सुझाब दिए ।

अध्यक्ष रेनु लामिछानेको सभाअध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष गोमा पगेनी ले स्वागत मनतब्य राखेको कार्यक्रममा सचिब गोमा भण्डारी, ओटेपकी अध्यक्ष ममता न्यौपाने, टेवानका उपाध्यक्ष अनिता खडका, सल्लाहकार होमनाथ पहारी, सल्लाहकार लोकराज पहारी, सल्लाहकार तथा फेवा ढुङ्घा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरी र सल्लाहकार मित्रलाल पहारी लगाएतका बक्ताहरुले संस्थाले समाजमा पु्याएको योगदानको बारेमा चर्चा गर्दै, सदस्यहरुको क्षमता अभिवृद्धि देखी आर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन आयोजकलाई सुझाब दिएका थिए ।

कार्यक्रममा सचिब गोमा भन्डारी प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष पहारीले ऋीषीमाया पहारीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पारित गरेको थियो । संस्थालाई सहयोग गरेका सहगोग दातालाई सम्मान गरिएको थियो ।

पुल सेन्टर
वडा नं २६