सुचना१
newa srijana

अवैध नदिजन्य पदार्थ ओसारपसार गर्दै गर्दा तीन ट्र्याक्टर नियन्त्रणमा

पोखरा । अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार गरेको अभियोगमा प्रहरीले तीन वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

जिल्लाका विभिन्न स्थानबाट प्रहरी चौकी दहथुम र फेदिखोलाबाट खटिएको प्रहरी टोलीले बालुवा र गिट्टी मिक्स लोड गरी ओसारपसार गरिरहेका ट्र्याक्टरहरूलाई नियन्त्रणमा लिएको हो।

पुतलीबजार नगरपालिका–१४ लामागे आँधिखोलाबाट ग १ त ४७९३ नम्बरको ट्र्याक्टर बालुवा गिट्टी मिक्ससहित समातिएको छ। त्यस्तै भीरकोट नगरपालिका–४ सिम्लेबाट ग १ त ७३७१ नम्बरको ट्र्याक्टर बालुवासहित नियन्त्रणमा लिइएको छ भने फेदिखोला गाउँपालिका–४ बाट ग १ त ६४९० नम्बरको ट्र्याक्टर बालुवा गिट्टी मिक्ससहित प्रहरीको फन्दामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले बताए।

सडक महोत्सव

पुतलीबजार नगरपालिकाले पहिलो ट्र्याक्टरमा २० हजार र भीरकोटले दोस्रो ट्र्याक्टरमा १० हजार रुपैयाँ जरिवाना गरिसकेको छ। समातिएका ट्र्याक्टरहरू सम्बन्धित पालिकामा बुझाइएको छ भने फेदिखोलाको ट्र्याक्टरको कारबाही प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

नदिजन्य पदार्थ अवैध उत्खनन र ओसारपसारमा कडाइ गर्दै आएको प्रहरीले अनुमतिपत्रविना यस्तो कार्य गर्न नपाइने बारम्बार सचेत गराउँदै आएको छ।

पुल सेन्टर
वडा नं २६