सुचना१
newa srijana

वेष्ट ब्वाइज भलि फेस्टको उपाधि घले हार्भेस्टिङलाई

फाइनलमा पाँच सेटको कडा भिडन्त पछि घले हार्भेस्टिङले एपिएफलाई ३–२ ले हराउँदै पहिलो उपाधि जित्यो

पोखरा । विभागीय टिम एपिएफलाई हराउँदै घले हार्भेस्टिङ अस्ट्रेलियाले तनहुँको भिमादमा जारी (पहिलो वेष्ट ब्वाइज भलि फेस्ट) क्लब स्तरीय आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

Pokhara महोत्सव

वेस्ट ब्वाइज क्लब भिमाद तनहुँको आयोजनामा भिमाद रंगशालामा सोमबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–२ को सेटले पराजित गर्दै घले हार्भेस्टिङ विजयी भएको हो । घले हार्भेस्टिङले उपाधी संगै नगद तिन लाख एक हजार ९९ रुपैयाँ, उपविजेता बनेको एपिएफले नदग दुई लाख एक सय ९९ रुपैयाँमा चित्त बुझायो । निक्कै प्रतिष्पार्धात्मक बनेको फाइनल खेलमा घले हार्भेस्टिङले एपिएफलाई दोस्रो, चौथो र पाँचौ सेट जितेर उपाधी आफ्नो पोल्टामा पारेको हो । पहिलो सेट ३१–२९ ले एपिएफले जितेको खेलमा दोस्रो सेट भने घले हार्भेस्टिङले २५–९ को सजिलो जित निकाल्यो । तेस्रो सेटमा २५–१९ ले एपिएफले खेलमा पुनरागमन गरेपनि चौथो सेटमा घले हार्भेस्टिङले २५–१२ ले जित्यो । पाँचौ अन्तिम सेटमा घले हार्भेस्टिङले १५–१३ ले जित्दै ठुला प्रतियोगितामा आँफुलाई अब्बल सावित गरिसकेको टिम एपिएफलाई उपाधीबाट पाखा लगाएको हो ।

गत माघ २ गते देखि शुरु भएको प्रतियोगितामा एपीएफ क्लब र जोन घले हार्वेष्टिङ अष्ट्रेलिया गोर्खा, बेस्ट ब्वाइज गण्डकी प्रदेश, न्यू होराइजन भलिबल क्लब र जिएम समाज कावासोतीको सहभागिता रहेको थियो ।

पुल सेन्टर
वडा नं २६