newa srijana

काम देखाएर पाँच युवाले जिते मुख्यमन्त्रीको सम्मान

पोखरा। गण्डकी प्रदेशस्तरीय यू–१४ अन्तरविद्यालय ह्यान्डबल प्रतियोगिता व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्‍याएका पाँच युवालाई प्रदेश सरकारले सम्मान गरेको छ।

सु–शान्त परिवारको आयोजनामा सम्पन्न प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेलेका युवालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा गण्डकीका मुख्यमन्त्रीले सम्मान गरेका हुन्।

सम्मानित हुनेमा क्लब अध्यक्ष तथा कार्यक्रम निर्देशक परिबेश थापा, सचिव सुदर्शन कोइराला, कोषाध्यक्ष बिग्यान क्षेत्री, सदस्य आयुष शर्मा र उप–सचिव चिरन थापा रहेका छन्।

World link net

परिणाममुखी काम गर्ने युवाको उत्कृष्ट उदाहरणका रूपमा यो पहललाई प्रस्तुत गर्दै मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले विद्यालय तहबाटै खेलकुदको विकास सुरु गर्नुपर्ने सन्दर्भमा जोड दिए। उनले यस्ता आयोजनाले वास्तविक परिवर्तनको आधार तयार गर्ने बताए।

जिम्मेवारीको स्पष्ट बाँडफाँड, समयमै निर्णय र प्रभावकारी टिमवर्कका कारण प्रदेशस्तरको प्रतियोगिता कुनै अव्यवस्था बिना सफलतापूर्वक सम्पन्न भएको क्लब अध्यक्ष तथा कार्यक्रम निर्देशक परिवेश थापाले बताए।

प्रदेशका विभिन्न जिल्लाबाट यू–१४ उमेर समूहका विद्यालय टिमको सहभागिता रहेको प्रतियोगिताले ह्यान्डबल खेलप्रति विद्यार्थीको रुचि बढाएको छ। प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर पाएका विद्यार्थीले प्रदेशस्तरको अनुभव हासिल गरेका छन्।

सिटीजन फनिच्रर