सुचना१
newa srijana

पोखरा १५ मा जारी खेलकुद महोत्सवमा ब्याडमिन्टन, यूनी हकी भलिवल प्रतियोगिता सुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ को आयोजनामा आयोजित चौथो संस्करणको वडा खेलकुद महोत्सव दोश्रो दिन पनि जारी रहेको छ ।

खेलकुद महोत्सवको दोश्रो दिन ब्याडमिन्टन, यूनी हकी, भलिवल प्रतियोगिता शुरु भएका छन । पोखरा १५ मितेरी बहुद्देश्यीय भवन मितेरी टोलमा सुरु भएको ब्याडमिन्टन प्रतियोगिताको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक जनार्दन जिसीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै जिसीले खेलकुदबाट वडाभित्रका मात्र नभइ महानगरकै वडाहरुलाई एकीकृत गर्ने अभियानमा पोखरा १५ लागेकोमा आयोजक प्रति आभार प्रकट गरे ।

खेलकुदले शारीरीक तन्दुरुस्तता मात्र नभइ एक आपसमा भाइचारा अभिबृद्धि संगै सामाजिक सद्भाव कायम हुने हुनाले अहिलेको मोबाइलमा ब्यस्त रहने दैनिक जीवनीलाई परिवर्तन गर्न समेत निकै ठूलो भूमिका खेल्ने उनको भनाइ रहेको थियो ।

ब्याडमिन्टन प्रतियोगितामा पुरुष डबल तर्फ ६ खेल र सिंगल तर्फ ४ खेल सम्पन्न भएका छनभने महिला डबल तर्फ ६ खेल र सिंगल तर्फ २ खेल सम्पन्न भएका छन । त्यसैगरी आजदेखिनै महिला तथा पुरुष भलिवल प्रतियोगिता समेत सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको भलिवल कोर्टमा सुरु भएको भलिवल प्रतियोगिताको टाइगर गु्रप अफ नेपालका अध्यक्ष नारायण शर्माले खेलाडीलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।

उद्घाटन गर्दै शर्माले पोखरा महानगरपालिका वडा नं १५ ले महानगरले पहिलो पटक खेलकुद महोत्सवको सुरुवात गरी चौथो संस्करण सम्म ल्याइपु¥याएकोमा वडा प्रति आभार प्रकट गरे । खेलले शारीरीक रुपमा स्वस्थता संगै एक अर्का बीच भाइचारा अभिबृद्धि गराउने भएकाले वडा भित्रका विभिन्न टोल छिमेक बिच समेत आपसी समझदारी कायम गराउने उनको भनाइ रहेको थियो ।

भलिवल प्रतियोगितामा पुरुष तर्फ ४ खेल र महिला तर्फ २ खेल सम्पन्न भएका छन । प्रतियोगिताको पहिलो खेलमा तल्लो नयाँगाउँ टोल बिकास संस्थाले सुनगाभा जाल्पारोड टोल बिकास संस्थालाई २५–५ र २५–१२ को सोझो सेटमा पराजित गर्यो । त्यस्तै दोश्रो खेलमा चन्द्र सूर्य क्लबले तल्लो सिमलबोट टोल बिकास संस्थालाई २५–१० र २५–१६ को सोझो सेटमा पराजित गर्यो । तेस्रो खेलमा गलेश्वर युवा क्लबले फलेपाटन टोल बिकास संस्थालाई २५–१२ र २५–५ को सोझो सेटमा पराजित गर्यो । अन्तिम खेलमा स्यानी मजुवा टोल बिकास संस्थाले अलकापुर टोल बिकास संस्थालाई २५–१२ र २५–१७ को सोझो सेटमा पराजित गर्न सफल भयो ।

Pokhara महोत्सव

त्यसैगरी महिला भलिवल तर्फ पहिलो खेलमा जनजागृति आमा समुहले जनशक्ति टोल सुधार आमा समुहलाई २५–१ र २५ ३ को सेटमा पराजित गर्योभने दोश्रो खेलमा एकता आमा समुहले आदर्श आमा समुहलाई २५–५ र २५ –१७ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो ।

त्यसैगरी मंगलबारनै पोखरा १५ नयाँगाउँमा रहेको हिमालयन लाइफ नेपालमा महानगर स्तरीय छात्रछात्रा यूनी हक्की प्रतियोगित शुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाट प्रदेश खेलकुद परिषद गण्डकीका निवर्तमान उपाध्यक्ष ध्वजकुमार गुरुङले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै गुरुङले पोखरा महानगरपालिका वडा नं १५ ले विद्यालय स्तरदेखि, टोलबिकास संस्था, महिला तथा आमा समुह र पौढलाई समेत समेटेर खेलकुद महोत्सवको आयोजना गरी खेलकुदमा सवैलाई समेटेको बताए । खेलकुदलाई ग्रासरुट देखि प्रौढ स्तर सम्म समावेश गरेर वडाको मात्र नभइ देशकै लागि खेलाडी उत्पादनमा वडा लागेको उनले वडालाई धन्यवाद ब्यक्त गरे ।

महानगर स्तरीय यूनी हक्की प्रतियोगितामा छात्रछात्र दुवै तर्फ प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन् । दिनभर भएका १० खेलमा विभिन्न विद्यालयले शानदार प्रदर्शन गरेका छन् । आजको पहिलो छात्रतर्फको खेलमा एसओएस र सितल ज्योति एकेडेमीबीच निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा एसओएस १–० गोल अन्तरले विजयी बन्यो । दोस्रो खेलमा छात्रा तर्फ द ड्रीम र एसओएस आमनेसामने हुँदा एसओएसले २–१ गोल अन्तरले जित हात पा¥यो । तेस्रो छात्रतर्फको खेलमा सिद्ध माविले कालिकालाई १०–२ गोलको फराकिलो अन्तरले पराजित ग¥यो ।

चौथो खेलमा छात्रा तर्फ सिद्ध ले नेपाल–भारत टिमलाई १०–० को एकतर्फी जित निकाल्दै आफ्नो दबदबा देखायो । पाँचौं छात्रतर्फको खेलमा सुक्रराज बलभद्रले थ्री एन्जल मिसन स्कूललाई ९–० गोल अन्तरले हरायो । छैटौं खेलमा छात्रतर्फ कालिका ले राम आधारभूत विद्यालयलाई ९–० ले पराजित ग¥यो ।

सातौं छात्र तर्फको खेलमा भ्यू प्वाइन्टले द ड्रीम स्कूललाई २–१ गोल अन्तरले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ । छात्रातर्फको आठौं खेलमा माउन्ट हेवन र इमानुएलबीच निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा इमानुएल २–१ गोलले विजयी बन्यो ।छात्रतर्फको नवौं खेलमा राम आधारभुतले विभूति शिक्षा सदनलाई ३–२ गोल अन्तरले हरायो । अन्तिम अर्थात् छात्रा तर्फको दशौं खेलमा ३ एन्जल मिसन स्कूल ले सितल ज्योतिलाई ९–१ गोल अन्तरले पराजित गर्यो ।

फुटवल प्रतियोगितामा विद्यालय तर्फ हार्वड एकेडेमीले वेलननलाई २–१ गोल अन्तरले पराजित गर्यो ।त्यस्तै एसओएस र केल्स बीचको खेलमा एसओ एसले ३–१ गोल अन्तरले पराजित गर्यो । टोल बिकास तर्फको फुटवलमा निर्मल टोलले संगम टोललाई ३–१ गोलले पराजित गर्यो भने दोश्रो खेलमा चन्द्र सूर्य क्लबले आदर्श टोललाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए ।

पुल सेन्टर
वडा नं २६