सुचना१
newa srijana

टाइगर कपः माल्दिभ्स भलिबलमाथि गण्डकीको शानदार जित

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएनमाथि शानदार जित निकालेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा गण्डकीले माल्दिभ्समाथि ३–० को शानदार जित दर्ता गराएको हो ।

गण्डकीले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो ।

Tiger cup

पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग ३–१ को सेटमा पराजित भएका गण्डकीले प्रतियोगितामा पहिलो जित निकालेको हो । माल्दिभ्सले भने लगातार दोस्रो हार बेहोरेको छ । यसअघि माल्दिभ्स त्रिभुवन आर्मी क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित भएको थियो । महिलातर्फकै अर्काे खेलमा एपीएफले थाइल्यान्ड क्विन्समाथि ३–२ सेटको रोमाञ्चक जित निकालेको थियो ।

अब आजको अन्तिम खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लब र पर्वत भलिबल संघ भिड्नेछन् ।

माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

Pokhara महोत्सव
वडा नं २६