सुचना१
newa srijana

२६ औं आदर्श कप अन्तर्गत होराइजन क्लब अघिल्लो चरणमा

पोखरा  । कास्कीको लेखनाथमा शुक्रवार देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत शनिवारको खेलबाट स्याङ्गजाको होराइजन क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ । होराइजनले आयोजक आदर्श क्लबलाई १–० गोल अन्तरले पछाडि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

होराइजन क्लबका जर्सी नं १७ का खेलाडी विश्व थापाले खेलको ८१ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

Tiger cup

आदर्श युवा क्लवको आयोजनामा माघ ९ गतेदेखि १६ गतेसम्म हुने ८ टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा आइतवार पर्वतको गन्नी एफ सी र तनहु जिल्ला फुटबल संघका टीमविच खेल हुने वताइएको छ ।

शनिवारको खेलमा स्याङ्गजाको होराइजन क्लबका जर्सी नं १७ का खेलाडी विश्व थापा म्यान अफ द म्याच बन्न सफल भइ रु पाँच हजार पुरस्कार जितेका थिए ।

Pokhara महोत्सव
वडा नं २६