newa srijana

मुस्ताङमा छायाङकन गरीएको कृष्ण सुनारको म्युजिक भिडियो ‘मुटु भित्र धड्कन’ शुक्रबार सार्वजनिक हुने

पोखरा । मुस्ताङको सौन्दर्यलाई पर्दामा उतारिएको म्युजिक भिडियो ‘मुटु भित्र धड्कन’ यही माघ २३ गते (शुक्रबार)देखि सार्वजनिक हुने भएको छ । कलाकार तथा निर्माता कृष्ण सुनार र जुना कार्कीको अभिनय रहेको उक्त म्युजिक भिडियो युट्युब, फेसबुक र टिकटक सहित विभिन्न सामाजिक सञ्जाल मार्फत दर्शक माझ ल्याइने तयारी गरिएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

निर्देशक कविराज घत्राजको निर्देशनमा तयार भएको भिडियोको छायाङ्कन अपर मुस्ताङ र कागबेनी लगायतको क्षेत्रमा दुई दिनसम्म गरिएको हो। निर्माताका अनुसार भिडियो निर्माणमा करिब पाँच लाख रुपैयाँ खर्च भएको छ ।

प्रेमभाव झल्किने गीतमा प्रमोद खरेल र जिना रसाइलीको सुमधुर स्वर रहेको छ । गीतमा लेखु सहयात्रीका शब्द, अर्जुन पोखरेलको संगीत तथा गोपाल रसाइलीको एरेन्जमेन्ट रहेको छ । गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् भने रेकर्डिङ ए–वन म्युजिसियन स्टुडियोमा गरिएको हो ।

सिटीजन फनिच्रर

पहिला सहरका अग्ला भवन र स्टुडियो केन्द्रित भिडियो बन्ने प्रवृत्ति रहे पनि यसपटक हिमाली भेगको मौलिक सौन्दर्यलाई समेटिएको निर्माता कृष्ण सुनार बताउँछन् । “हिमालको हिउँ, प्रकृति र त्यहाँको मोहमाया दर्शकले प्रत्यक्ष अनुभूति गर्न सकून् भन्ने चाहना हो,” उनले भने।

विगत तीन दशकभन्दा बढी समयदेखि कलाकारितामा सक्रिय सुनारले हालसम्म १४ वटा म्युजिक भिडियो निर्माण गरिसकेका छन्। ठूलो पर्दाको फिल्म निर्माण गर्ने सपना अझै जीवित रहेको उनको भनाइ छ ।

पोखरा बेगनास निवासी कलाकार एवं निर्माता सुनार विगत १४ वर्षदेखि प्रत्येक वर्ष करिब तीन महिना नेपालमा बिताउँदै आएका छन् । नेपाल आउँदा उनी देशको प्रकृति, संस्कृति र गीत–संगीत क्षेत्रमा रमाउँदै नियमित रूपमा म्युजिक भिडियो निर्माण गर्दै आएका छन्।

भिडियो निर्माणमा प्रोडक्सन डिजाइनर गणेश सापकोटा, मेकअप आर्टिस्ट सरोज बुढाथोकी, छायाङ्कन निर्देशक दुर्गा पौडेल, सम्पादक मनोज कार्की तथा कलरिस्ट रेनिश फागोको महत्वपूर्ण योगदान रहेको छ । भिडियोको पोस्ट–प्रोडक्सन लुमिनोस पोस्टवक्र्समा सम्पन्न गरिएको हो। निर्देशक घत्राज स्वयंले भिडियोको कोरियोग्राफी समेत गरेका छन्।

अनिल multipurpose
आहा रारा
वडा नं २६