देशको दुर्गम सुगम सम्पन्न बन्दै फोटो फिचर .1

चार दिने पश्चिम पहाडी नियात्रा

घनश्याम पौडेल, पोखरा
८ जनाको चार दिने पहाडी सडक यात्रा फोटो फिचर .

गएको साउन १९ गते (२०८१) कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बिरेन्द्रनगरमा नेपाल फोटाग्राफर महासघको कार्यक्रम थियो । सो कार्यक्रममा सहभागी हुनको लागि पोखराबाट सुर्खेतको ५०९ किमी यात्रामा हामी ८ जनाको सडक यात्रा शुरु भएको थियो । यस यात्रामा सहभागी हुन लम्जुड.बाट मिलन शर्मा दनाई र पर्वतबाट नारायण बहादुर केसी तथा बिजय शर्मा पोखरा आई बसेका थिए भने पोखराबाट फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलको नेतृत्वमा घनश्याम पौडेल, रामचन्द्र पोख्रेल, लक्ष्मीपती पौडेल र भक्त तामाड.को सहभागिता थियो । साउन १८ गते बिहान ४ बजे बाटोलाग्ने भनिए पनि हामी बिहान ५ बजे स्कारपियोमा चढेर सिद्धार्थ राजमार्गबाट स्याड.जा, पाल्पा हुदै बिहान १० बजे बुटबल पुगेका थियौ । केराबारीको केरा र स्याड.जाको नास्ताले पेट भरिएकाले कपिलबस्तुको गोरुसिगे पुगेर खाना खाने सल्लाहमा पश्चिम लागियो । गोरुसिगेको होटलसंगम प्यालेस पुगेर निकै मिठो खाना खायौ र लगत्तै पूर्व पश्चिम राजमार्ग हुदै दाड तर्फ लागियो । 

दाड. जिल्ला वार पार गर्दै बाके राष्ट्रिय निकुञ्ज काटेर कुशुम हुदै कोहलपुर पुग्दा बेलुका ६ बजेको थियो । कोहलपुर चपरगौडीमा खाजाखाने योजना हुदा हुदै पनि हामी पून उत्तर तर्फ बाटो लागियो । कोहलपुर चौराहाबाट सुर्खेत पुग्ने ८६ किमी बाटोबाट चिसापानी पुग्दा रात पर्न लागेको थियो तर खाजा खाने राम्रो होटल बबइको किनार १७ किमी पर छ भन्ने थाहा पाएपछी हामी बर्दिया राष्ट्रिय निकुञ्ज हुदै बर्दियाको बासगडी नगरपालिका बबइमा पुग्यौ । सिमसिम पानी र केही चिसो मौसममा सडकको छेउका झुप्रा रेस्टुरेन्टमा पाहुनालाई कुरेका माछा मासुका परिकारले बास्न छरेर हामीलाई बोलाउदै थिए । जाजरकोटी स्टाप होटलमा पसेर हामीले रोटी तरकारी सहित बेलुकाको खाना खायौ । होटलवाला बैनीहरुको आतिथ्यता सहित रमाइलो बातावरणमा खाना खाएर सुर्खेत तर्फ लाग्यौ । बिरेन्द्रनगर पुग्दा रातको साडे दश भैसकेको थियो । स्थानिय फोटोग्राफर साथीहरुको ब्यवस्थापनमा होटल अशोकामा सुतियो ।


शनिवार १९ गते बिहान सवेरै उठेर नजिकैको देउकी बजेई मन्दिर पुगियो । नेपालभरका सहभागी फोटोग्राफरहरुलाई मन्दिरमा नै भेट्न पाईयो । शहरको बिचमा रहेको मन्दिर आफैमा भिडभाड थियो, हामी देशभरका फोटोग्राफरहरुको ठुला नया क्यामेराहरुले मन्दिरलाई अझ रौनक बढायो । होटल फर्केर खाजा खाई कार्यक्रममा सहभागी भईयो । कार्यक्रम निकै लामो समय अर्थात साझ ६ बजे सम्म नै चल्यो । बिधान तथा आर्थिक र संस्थागत बिकासका बिबिध पक्षमा छलफल भए । हामी बिचमा काक्रे बिहार पुगियो । कार्यक्रम सकेपछी हामी बुलबुल तालमा डुड.गा शयर गर्दै पार्कमा रमाएर काक्रि बिहार तर्फ लाग्यौ । पछी सुर्खेत उपत्यका देखिने गुरासे डाडा पुगेर फर्किदा रात परिसकेको थियो । हामी त्यस दिन छिन्चु गएर बस्ने निधो गर्दै सुर्खेतका साथीहरुलाई बाइबाई गर्दै बाटो लाग्यौ । त्यो बेलुका छिन्चुको चकटी होटलमा बास बसियो ।
तेश्रो दिन छिन्चुुबाट जाजरकोट जाने सडक समाएर उत्तर पश्चिम बोटेचौर तर्फ लाग्यौ ।भेरी नदीको किनार किनार रमाइलो दृष्य हेर्दै मेहलकुना, बोटेचौर हुदै सल्यान प्रबेश गरेर सल्ली बजार पुग्यौ । सल्यान जिल्लाको सल्लीबजारमा चिया नास्ता खाएर जाजरकोट तर्फको सडक समाएर उत्तर तर्फ लाग्यौ । भेरी नदीलाई कहिले दाइने कहिले बाया पार्दै किनारै किनार जाजरकोटको सदरमुकाम खलंगा पुग्दा दिउसोको १ बजिसकेको थियो । जाजरकोटको खलंगामा खाना खाने कार्यक्रम भए पनि मात्र केरा खाएर मात्र तल भेरी नदी किनार तिर झर्यौ । भेरी नदीको किनार तथा जाजरकोट र पश्चिम रुकुमको सिमा नजिकको राम्ना बजारमा खाजा खाएर भेरी नदीको पल्लो किनार पश्चिम रुकुम तर्फ लाग्यौ । मुसीकोट हुदै पूर्वी रुकुमकोट पुग्दा ५ बजीसकेको थियो । हामी त्यस दिन टकशेरा जाने बिचारमा थियौ । त्यसैले केही बेर कमल दहमा भुलेर बाटो लाग्यौ । लुकुम पुग्दा साझ पर्न आटेको थियो । त्यहा बस्ने होटल पनि पाइएन र टकशेरा जान अली अप्ठयारो बाटोमा राती हिड्नु उचित छैन भन्ने स्थानियको सल्लाहले टकशेरा प्लान रद्ध गरेर अगाडी बढ्यौ । कच्चीबाटो , रातको समय , उचाइले कुहिरो लागेको अवस्था र दिनभरको यात्राले थकित शरिर सिमानामा पुग्दा निकै शिथिल थियो । तर पनि सिमानामा होटल राम्रो मिलेन र बाध्यभएर रातीको यात्रा गर्दै बाग्लुड. बुर्तिबाड. आउन बाध्य भयौ ।
चौथो दिन बुर्तिबाड.बाट बिहान यात्रा आरम्भ गरेर गल्कोट दरबारको अवलोकन गर्दै भ्युटावरमा आई खाना खायौ र बाग्लुड.को लागि प्रस्थान गर्यौ । दिउसोको २ बजे बाग्लुड.फोटोग्राफर साथीहरुसग अन्तरक्रिया गर्दै कुस्मामा आएर खाजा खायौ साथै कुस्माका साथीलाई बिदाई गरेर साझ पोखरा फर्कियौ । यसरी फरक यात्रा र अनुभवले यो यात्रा निकै रोमाञ्चक बन्यो ।
हामीले देखेको पाएको परिर्वतन ।
नेपालको दुर्गम जिल्ला वा क्षेत्र भनेर चिनिने जाजरकोट, रुकुम, सल्यान, सुर्खेत, पश्चिम बाग्लुड. र अन्य क्षेत्रहरुमा अहिले पक्कि सडक पुगेको रहेछ । सडक यातायातले निकै बिकास र सामाजिक परिर्वतन भएको पाईन्छ । अहिलेका युवाहरुको बोली तथा पोशाक र चालचलनमा पनि आधुनिकता एवं शिक्षाको प्रभाव देखिन्छ । अव दुर्गम दुर्गम रहेन भने पुराना घर देखी सस्कृती र बोली भाषाले पनि आधुनिकता पाएको अनुभव भयो । त्यस क्षेत्रमा नपुग्दा सम्म उक्त क्षेत्रबारे ठानेको अडकल पुरै परिर्वतन भएको पाईयो । यस यात्राका  फोटोहरुका केही अंश फोटो फिचरमा राखिएको छ ।

Back to Pokhara Photos Next part Photo features.

 

Leave A Reply

Your email address will not be published.