newa srijana

पोखरामा जुवातास खेल्दै गरेका पाँच जना एक लाखनजिक नगदसहित पक्राउ

पोखरा । पोखरा महानगरपालिका–१९ अकलादेवीमा जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले फागुन २३ गते पक्राउ गरेको छ।

सिटीजन फनिच्रर

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त टोलीले गुप्त सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो। प्रहरीले पक्राउ परेकाहरूसँग ९९ हजार ८ सय ५५ रुपैयाँ नगद र एक बुक तास बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा १० दिनको म्याद थपी अनुसन्धान अगाडि बढाएको छ।

अनिल multipurpose