newa srijana

रगतको अभाव हुन नदिन जुटे अकलापुरका स्थानीय 

पोखरा । रगत अभावकै कारण कसैको स्वास्थ्यमा असर नपरो भन्ने उदेष्यले पोखरा १५ अकलापुरका जनता रगत संकलनमा लागेका हुन् ।

शनिवार पोखरा महानगरपालीका वडा नं १५ अकलापुरमा खुल्ला रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रमबाट ३३ युनिट रगत संकलन गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी वडा १५ उपशाखा, अकलापुर आमा समुह र अकलापुर टोल विकास संस्थाको आयोजित कार्यक्रममा टोलको सुरक्षाका लागि जडान गरिएको सिसिटिभि क्यामराको समेत शुभारम्भ गरियको हो ।

सिटीजन फनिच्रर

कार्यक्रममा बोल्दै पोखरा १५ का वडा अध्यक्ष तोरण बाँनियाले वडाको सुरक्षा र जनताको सेवामा सबै एकजुट हुन सके घेरै कुरामा राज्यको भर हटेर जाने धारणा ब्यक्त गरे ।

कार्यक्रमको अध्यक्ष समेत रहेका अकलापुर टोल विकास संस्थाका अध्यक्ष बेल बहादुर बिकले टोल सुधारका हरेक कुरामा जनप्रतिनिधीहरुलाई सधाउने प्रतिवद्दता व्यक्त गरेका थिय ।

स्थानिय समाजसेवी मनोज भट्टले आगामी दिनमा समाज सेवा र टोल सुधारका नयाँ कार्यक्रम संचालन गरि टोल र वडाबाट सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी दिय ।

अनिल multipurpose