पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका–११ काहुँखोला निवासी २७ वर्षीय रिवाज गुरुङ को डुबेर मृत्यु भएको हो ।

बुधबार साँझ फेवातालमा पौडी खेल्ने क्रममा गुरुङ बेपत्ता भएपछि सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाको गोताखोर टोली खोजीमा परिचालित भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्री को नेतृत्वमा खटिएको १३ सदस्यीय टोलीले रातभर खोजी अभियान सञ्चालन गरेको थियो ।
खोजीका क्रममा बिहीबार बिहान ३ः३५ बजे गुरुङलाई तालबाट बाहिर निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।




