पोखरा । पोखरा बर्ड सोसाइटीका संस्थापक अध्यक्ष मनशान्त घिमिरे ‘वाइल्डलाइफ एक्सिलेन्स अवार्ड’बाट सम्मानित भएका छन् । ए.एम.एस. ग्लोबल हिमालय फाउन्डेसनद्वारा आयोजित ‘एभरेष्ट टुरिजम अवार्ड–२०२६’ अन्तर्गत उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।
वन्यजन्तु संरक्षण, बर्ड टुरिजम तथा नेपालमा सिटिजन साइन्सको प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप घिमिरेलाई उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

लामो समयदेखि प्रकृति संरक्षण तथा पक्षी पर्यटनका क्षेत्रमा सक्रिय घिमिरेले विभिन्न जनचेतनामूलक अभियान, अनुसन्धान तथा संरक्षण गतिविधिमार्फत महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
उनलाई प्राप्त उक्त सम्मानले वन्यजन्तु संरक्षण तथा प्रकृतिमैत्री पर्यटन प्रवर्द्धनमा थप प्रेरणा मिल्ने विश्वास गरिएको छ ।




