पोखरा । पोखराका फोटो पत्रकार सुदर्शन रञ्जित ‘एनओसी बेस्ट क्यामेरापर्सन अवार्ड – २०२६’ बाट सम्मानित हुनुभएको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा मङ्गलबार काठमाडौंमा आयोजित समारोहमा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो।

‘समर्पणको सम्मान, उत्कृष्टताको उत्सव’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा रञ्जितलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
काठमाडौंको ठमेलस्थित होटल अलोफ्टमा आयोजित कार्यक्रममा खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्व तथा विभिन्न विधाका उत्कृष्ट प्रतिभालाई सम्मान गरिएको थियो। कार्यक्रममा उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट खेल संघ, छापा, भिडियो तथा अनलाइन पत्रकारिता विधाका उत्कृष्ट पत्रकार, बेस्ट क्यामेरापर्सन, प्रशिक्षक तथा खेलाडीलाई सम्मान गरिएको आयोजकले जनाएको छ।




