newa srijana

स्टुडेन्टक्राउडको सूचीमा बीपीपी विश्वविद्यालय पहिलो,अगस्ट इन्टेकका लागि आवेदन खुला

पोखरा । बेलायतको विद्यार्थी समीक्षा तथा मूल्याङ्कन गर्ने संस्था स्टुडेन्टक्राउडले सार्वजनिक गरेको सन् २०२६ का उत्कृष्ट बेलायती विश्वविद्यालयहरूको सूचीमा बीपीपी विश्वविद्यालय पहिलो स्थानमा परेको छ।

स्टुडेन्टक्राउडले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले दिएका समीक्षा र मूल्याङ्कनका आधारमा हरेक वर्ष उत्कृष्ट विश्वविद्यालयहरूको सूची सार्वजनिक गर्ने गरेको छ। विश्वविद्यालयका अनुसार यस वर्ष बीपीपीले समग्र विद्यार्थी सन्तुष्टितर्फ पाँचमध्ये ४.५४ अंक प्राप्त गर्दै सूचीको पहिलो स्थान हासिल गरेको हो।

स्टुडेन्टक्राउडमा प्रकाशित एक अन्तर्राष्ट्रिय विद्यार्थीको समीक्षामा विश्वविद्यालयको सिकाइ वातावरण, सहयोगी कर्मचारी तथा शैक्षिक स्रोतको प्रशंसा गरिएको छ। समीक्षामा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विश्वविद्यालयको वातावरण स्वागतयोग्य रहेको तथा शैक्षिक र व्यक्तिगत विकासमा सहयोग पुगेको उल्लेख गरिएको छ।

सिटीजन फनिच्रर

बीपीपी विश्वविद्यालय बेलायतमा व्यावसायिक शिक्षाका लागि परिचित विश्वविद्यालयमध्ये एक हो। यहाँ कानुन, व्यवस्थापन, वित्त तथा सूचना प्रविधिलगायत विषयमा अध्ययन गराइन्छ।

विश्वविद्यालयले बेलायत सरकारको टिचिङ एक्सिलेन्स फ्रेमवर्क (टीईएफ) अन्तर्गत गोल्ड मान्यता, क्वालिटी एस्योरेन्स एजेन्सी (क्यूएए) को मान्यता तथा व्यवस्थापन शिक्षाका लागि अन्तर्राष्ट्रिय एएसीएसबी मान्यता प्राप्त गरेको जनाएको छ। साथै, एक समयमा एउटै विषयमा केन्द्रित भएर अध्ययन गराइने ब्लक टिचिङ प्रणाली विश्वविद्यालयको विशेषता रहेको बताइएको छ।

विश्वविद्यालयका अनुसार त्यहाँबाट अध्ययन पूरा गरेका विद्यार्थी विश्वका प्रमुख लेखापरीक्षण संस्था, अन्तर्राष्ट्रिय कानुनी फर्म तथा वित्तीय संस्थामा कार्यरत छन्।

बीपीपी विश्वविद्यालयमा कानुन, व्यवस्थापन, वित्त तथा सूचना प्रविधिलगायत विषय अध्यापन गराइन्छ। विश्वविद्यालयले अगस्ट २०२६ इन्टेकका लागि भर्ना प्रक्रिया खुला रहेको जनाएको छ।नेपालस्थित आधिकारिक प्रतिनिधि तथा देशीय प्रबन्धक शिव के.सी.का अनुसार इच्छुक नेपाली विद्यार्थीले आवेदन दिन सक्नेछन्।

Pokhara learners