newa srijana

बाढी प्रभावितलाई फुलबारी क्लब पोखराको सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ जम्मा

पोखरा । पोखरा–११ फूलबारीस्थित फुलबारी क्लबले तीज कार्यक्रम नगर्ने निर्णय गर्दै कार्यक्रमका लागि छुट्याइएको ७७ हजार ७ सय ७७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। क्लबले उक्त रकम भदौ १७ गते कोषको खातामा जम्मा गरेको हो।

रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशमा विपद्को अवस्था रहेकाले यस वर्ष तीज कार्यक्रम नगर्ने निर्णय गरिएको क्लबले जनाएको छ।

सिटीजन फनिच्रर

देशमा विपद्को अवस्था रहेका बेला प्रभावित नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाउनु सामाजिक दायित्व भएको क्लबका सहसचिव अनन्तराज आचार्यले बताए। विपत्तिको समयमा प्रभावित परिवारलाई साथ दिन कार्यक्रमका लागि छुट्याइएको रकम सहयोग गरिएको उनले बताए।

फुलबारी क्लबले टोल सरसफाइ, खेलकुदसँगै सामाजिक तथा परोपकारी गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ।

 

Pokhara learners