newa srijana

दोस्रो दौतरी कप फुटसल प्रतियोगिताको उपाधी सेन्ट फ्रान्सिसलाई

पोखरा । दौतरी समूह रामबजारको आयोजनामा सञ्चालित दोस्रो दौतरी कप विद्यालय स्तरिय फुटसल प्रतियोगिता २०८३ को उपाधि सेन्ट फ्रान्सिस स्कुलले जितेको छ । उपाधी संगै सेन्ट फ्रान्सिसले नगद ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपबिजेता बालोदय सेकेण्डरी स्कुलले नगद ३३ हजार ३ सय ३३, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने कालिका माविले फेयर प्लेको उपाधि संगै नगद ११ हजार १ सय ११, प्रमाणपत्र र शिल्ड प्राप्त गर्यो । प्रतियोगितामा सेन्ट फ्रान्सिसका दीपक तामाङले हाइ स्कोररको उपाधि हात पारे, सेन्ट फ्रान्सिसकै प्रकाश पुन मगरले वेष्ट गोल किपरको उपाधी हात पारे । बालोदयका विकलेस बल थापाले वेष्ट प्लेयरको उपाधि हात पारे ।

सिटीजन फनिच्रर

प्रतियोगिताको अवसरमा नेपाली फुटबल तथा खेलकुद क्षेत्रमा पु¥याउनु भएको अमूल्य योगदानको उच्च कदर गर्दै आयोजक दौतरी समूह रामबजारले दुई जना वरिष्ठ फुटबल कोचलाई विशेष सम्मान अर्पण गरेको छ । दौतरी समुहले वरिष्ठ फुटवल कोच खेम बहादुर गुरुङ र वरिष्ठ फुटवल कोच शम्भू केसीलाई सम्मान गरेको हो ।

प्रतियोगिताका बिजेताहरुलाई पोखरा महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राजेश गुरुङ, दौतरी समुहका अध्यक्ष मनोज गुरुङ, प्रतियोगिताका मुख्य प्रायोजक तथा सल्लाहकार बिनिता थापा, सह प्रायोजक तथा रामबजार हङकङका संस्थापक रक्षा गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमको समापन समारोहमा विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार तथा ट्रफी वितरण गर्दै आयोजकहरूले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक खेलकुद प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Pokhara learners