घनस्याम पौडेल,पोखरा,
तनहूको दमौली बजार माथीको मानुड.कोट कोरोनो पछी पर्यटकिय स्थल बनेको हो । प्राय १५ देखी २५ वर्ष भित्रका युवायुवतीले भरिने गरेको यो पर्यटकिय गन्तब्य न त नेपाल सरकारको पर्यटन मन्त्रालय वा टुरिजम बोडले बनाएको हो वा टुरिजमको बिकास गर्ने भनेर बनेका हजारौ संस्था वा पर्यटन ब्यावसायीले नै बनाएको हो । यो स्वतह स्फुर्त रुपमा दमौलीबाट मर्निड.मा जानेले सोसल मिडियामा पोष्ट गरेका दृष्यले एकाएक चर्चा र प्रख्यात भएको स्थान हो । त्यसैले होला युवा पिडी बिच सामाजिक सञ्जाल मार्फत ब्यापक भएको यो गन्तब्यमा आजकल दिनहू हजारौको संख्यामा घुम्न कुरा स्थानिय पत्रकार सोनी शर्माले बताइन ।
मानुड.कोट एक मगर गाउ हो भने त्यहाका स्थानियलाई पहिले नै बास्तवमा पर्यटन के हो यसबाट कसरी फाइदा लिन सकिन्छ कुनै अत्तोपत्तो थाहा थिएन । जव मानिसहरुको चहलपहल बढ्यो अझ बेलुका सुर्याअस्त , बिहानको सूर्यादय र दमौलीबजार माथीलागेको हुस्सुफाट हेर्न मानुड.कोटमा रात बिताउन आउनेको संख्या बढ्न थाल्यो । त्यसैले कुनै पर्यटकिय पूर्वाधार नभएको स्थानमा पर्यटकको चाप बढे पछी बारीको पाटामा टेन्ट गाडेर सुत्ने ब्यवस्था र चाउचाउ मिक्स चटपट खाजा तथा नेपाली खाना यहा प्रख्यात हुनथाल्यो । मानुड.कोट अहिले स्थानियको आयआर्जनको बाटो हुन थालेको छ भने स्थानिय उत्पादनले पनि प्रथामिकता र बजार पाएको छ भन्छन बाराही कृषि तथा पशु फर्मका सञ्चालक बलभद्र श्रेष्ठ । दमौलीमा लामो समय फोटोग्राफी ब्यावसाय गरिरहेका बलभद्र श्रेष्ठ आफ्नै ब्यावसायमा सन्तुष्ठ थिए तर जव मानुड.कोटको पर्यटकिय बिकास भयो उनले बेनीपाटन, ब्यास ५मा रहेको खेतबारीलाई कृषि फार्मको रुपमा बिकास गरे । बजारको रुपमा मानुड.कोट पाएपछी उनले आफ्नो फार्ममा बिभिन्न जातका कुखुरा, फलफुल, तरकारी र लोकल रस्सीको उत्पादन शुरु गरे । अहिले बलभद्र श्रेष्ठ भन्दछन फार्म नजिकै बन्दै गरेको १४० मेगावाटको तनहू हाइड्रोपावर प्रोजेक्ट र आफ्नै फार्म माथीको मानुड.कोट पर्यटन बिकासले दमौलीको ब्यावसाय भन्दा यहाको कृषि फार्मले निकै उत्साहित गरेको छ ।
नेपाल भ्रमणको मुख्य सिजन कार्तिक मंसिर मानिन्छ । यसै समयमा परेको बडा दशैको बिदाका कारण नेपालका पर्यटकिय क्षेत्रहरुमा घुम्नेहरुको भिडभाड देखिन्छ । यही मौका छोपेर दमौली नजिकैको मानुड.कोटमा दमौली, पोखरा, काठमाण्डौ देखी नेपालका बिभिन्न भागबाट घुम्न जाने युवायुवतीको भिड बढ््ेको भन्दछन स्थानिय ब्यावसायी उमेश आले । उनी जस्तै स्थानिय झण्डै १५ घरमा पर्यटकिय सेवा दिने गरिएको छ भने यहाका स्थानियको राम्रो आयआर्जन भएको छ । नेपाली खाना, नास्ता र सुत्नका लागि टेन्ट पाइने यो स्थानमा अहिले केही साना नया होटल पनि बनिसकेका छन ।
पोखरा पहिले देखीको पर्यटकिय शहर हो भने पोखरा नजिकै खुमैडाडा नया पर्यटकिय गन्तब्य हो । तनहूको मानुड.कोट र पोखरा नजिकैको खुमैडाडा गएको कोरोना समय पछी बिकास भएका पर्यटकिय स्थल हुन भने यि दुबै आन्तरिक पर्यटनका लागि प्रख्यात ठाउ बन्दैगएका छन । नजिकबाट हिमाल हेर्नको लागि खुमैडाडा जस्तै सूर्योदय, सुर्याअस्त र दमौली बजार माथिको बिहानी कुहिरोको फाट नै मुख्य अनुपम दृष्यले मानुड.कोट प्रख्यात छ । पोखराबाट घुम्न आएका फोटोग्राफर जिवन ढुड.गाना, जनक तिवारी एवं गुरु प्रसाद तिवारीको अनुसार पनि गर्मीले सताउने दमौली बजार नजिकै यो रमणिय मानुड.कोटको सितल र अनुपम दृष्यले मोहनी लगाएको जनाए । प्राय अहिलेका नया पिढी नेपाली युवायुवतीको पर्यटकिय भ्रमण देखीने तनहूको दमौली नजिकको मानुड.कोट र पोखरा नजिकैको खुमैडाडा यि दुबै स्थानको साझा बिशेषता हुन । मुख्यतय नेपालको पर्यटन बिकासका लागि लागेका सरकारी गैरसरकारी र निजी कुनै संस्था वा ब्यक्तिको ध्यान नगएका यि दुबै स्थान कसरी आफै पर्यटकिय क्षेत्रको रुपमा बिकास भए भन्ने नै आजको मुख्य प्रश्न हो । उत्तर स्पस्ट छ स्वतह स्र्फुत रुपमा स्थानियले गरेको शुरुवात र बिकास सहित मौखिक प्रचारप्रसारले पर्यटकिय स्थानको रुपमा प्रख्यात भैरहेका छन र यसरी पनि पर्यटनको बिकास हुन्छ भन्ने पाठ हो ।
पर्यटन भन्ने बित्तिकै ब्यवस्थित, सुरक्षित र सुबिधाजनक हुनै पर्छ तर अहिले नेपालमा स्थानिय स्तरबाट बिकास भएको पर्यटन बारीको पाटाबाट नै बिकास भएको छ । स्पस्ट भन्दा बारीमा जे फलेको छ त्यही खाने र घरमा जुन अवस्था छ त्यही अनुसार बस्ने पर्यटनलाई सभ्य र आधुनिक भाषामा होम स्टे पर्यटन पनि भनिन्छ । यही अनुसार ढिडो रोटी खाने , नाचगान गर्ने र बारिको कान्लामा टेन्ट टागेर सुत्ने पनि बारिको पाटाको पर्यटन नै हो ।
पर्यटकिय क्षेत्र , शहर र गन्तब्यहरुमा अति सुबिधा समपन्न स्टारवाला होटल तथा रिर्सोटहरु बनेका छन भने पर्यटकिय बजार र रेष्टुरेन्टहरुले भरिभराउ छ । सरकारी वा निजी खरवौ रुपया पर्यटकिय पुर्वाधारको रुपमा खर्च गरिएको छ । अझ ठुला ५ तारे होटलको सेमिनार कक्षमा देशको पर्यटनबिज्ञ बसेर पर्यटनको बिकासका तर्क बितर्क भाषण छाटिरहे पनि उनीहरुको त्यो पश्चिमेली पर्यटन बिकासले केही गर्न सकेको छैन । तर स्थानिय स्तरको सहभागितामा बिकास भएको पर्यटनले निकै प्रभाव पारेको पाइन्छ ।
अव तथ्य तिर हेरौ । बिश्वमा पर्यटनको ब्यावसायिक बिकास सन् १८४१ बाट भएको मानिन्छ । बेलायतका थोमस कुकले सन १८४१ जुलाई ५ मा ५७० जनाको समुहलाई ट्रेन प्याकेज टुरको रुपमा घुमाउन लगेको नै बिश्वको पहिलो ब्यावसायिक पर्यटन मानेर अहिले पनि थोमस कुकलाई पर्यटनको पिता मानिन्छ । तर पनि यस भन्दा पहिले पनि मानिसहरुको बसाई सराई र ब्यापारिक आवतजावतले पर्यटकिय घुमफिर गर्ने प्रचलन त इस्वीपूर्व देखी नै भैआएको थियो । ४ हजार बिसीको मिश्र देखी १८ सय बिसीको बेबिलोनिया सभ्यतामा पनि चिन तथा भारतसम्मका ब्यापारिक आदन प्रदानहरुलाई पनि प्रचिन पर्यटकिय रुपमा हेर्न सकिन्छ । त्यसपछीका अनेक कालखण्डमा मानिसको बसाईसराई सगै धार्मिक, ब्यापारिक, राजनैतीक वा अन्य बिभिन्न उदेश्यले गरिने घुमफिर पर्यटन नै हुन । तर ब्यावसायिक रुपमा पर्यटनको बिकास भने १९ औ सताब्दीमा मात्र हुन पुग्यो ।
नेपाललाई बिश्वमा हाल अ टेर्कस प्याराडाइज भन्ने उपनाम दिइन्छ । तर नेपालमा पर्यटनको बिकास सन १९५० पछीमात्र भएको पाइन्छ । यस अगाढी चिनिया यात्रीहरु तथा भारतिय तिर्थयात्रुहरु आउने गरेको भए पनि ब्यापारिक वा धार्मिक दृष्टिकोणले भन्दा फरक प्रकृती हेर्न र ब्यावसायिक पर्यटनको हिसावले पैसा खर्च गर्न आउनेको शुरुवात धेरै पछी भएको हो । सन १९५० मा उत्तर तिब्बत क्षेत्रबाट सगरमाथा चढ्ने प्रयास गरियो तर पर्वतारोहीहरु असफल रहे । त्यसको लागि सजिलो बाटो नेपाल तर्फ भएकाले सन १९५३ मा सर एडमण्ड हिलारी र तेन्जीड. नोर्गेले नेपाल तिरबाट नै सगरमाथाको सफल आरोहण गरे । यस कुराको प्रचार प्रसार संसारभर भयो । हुन त यस अगाढी नै मोरिस हरजोगले ८ हजार मिटर माथीको धवलागिरी चढि सकेका थिए तर सगरमाथाको आरोहणले बढि प्रचार पायो । साथै नेपाललाई प्राकृतिक सुन्दरताले बिश्वभर चिनाउन पहिलो कोशेढुड.गा भयो । त्यसपछी नेपालमा हिमाल आरोहण, पदयात्रा र अन्य पर्यटकिय गतिबिधीको बिकास हुन थाल्यो । पर्यटकिय टे्रकिड. एजेन्सीको रुपमा कर्नेल जीम्मी रोर्बटले माउन्टेन ट्रावल नामको पहिलो पर्यटन ट्रावल एजेन्सी सन १९५० मा नेपालमा खोले । त्यस पछी नेपालमा पदयात्रा पर्यटन लगायतका गतिबिधीहरुको बिकास र बिस्तार हुन थाल्यो । सन १९५६ मा पहिलो पटक ८ जना पदयात्रीहरु एभरेष्ट बेष्ट क्याम्प लगिएको थियो ।
संसारका ८ हजार मिटर भन्दा माथी १० अग्ला हिमश्रृखला मध्य ८ वटा नेपालमा नै छन । त्यसैले हिमाल आरोहण, पदयात्रा तथा अन्य बिभिन्न पर्यटकिय गन्तब्यको लागि नेपाल प्रख्यात छ तर पनि गर्न सकिने बिकास अझै गरिएको छैन । हिमाल, पहाड र तराई जस्तो बिबिध धरातलिय स्वरुपले बनेको यो सानो देश नेपालमा साना ठुला गरेर ३६ हजार त गाउघर छन जसलाई कुनै न कुनै रुपले पर्यटकिय बिकास गर्न सके पक्का देशले कोल्टे फेर्छ । दुखको कुरा अहिले झण्डै ७० वर्षको नेपालको पर्यटनको बिकासको इतिहासमा सन २०१९मा पुगेको १२ लाख संख्या भन्दा माथी पर्यटक भित्राउन सकेका छैनौ । दुखको कुरा अर्को वर्ष २०२० मा कोरोनाको कारण २ लाख ३० झर्यो भने २०२१ मा त १ लाख ५० हजारमा नै आइपुग्यो । २०२२ देखी सुधार भएको यो संख्या २०२३ मा १० लाख पुर्याउने लक्ष्य लिइएको छ । सभ्भवत २०२३ जनवरी देखी अगस्ट सम्म ६ लाख बिदेशी पर्यटक नेपाल आईसकेका छन भने पर्यटकको मुख्य सिजन यही सेप्टेम्बर देखी डिसेम्बर सम्म भएकाले लक्ष्यलाई काट्ने अवस्था देखिन्छ । यो तथ्य केवल बिदेशी पर्यटकको हो तर आन्तरिक पर्यटकको कही कतै तथ्य तथ्याड.क लिइएको भने पाइदैन ।
नेपालको कुल ग्राहस्थ्य उत्पादनमा ७० वर्षे पर्यटन क्षेत्रको योगदान जम्मा ७ प्रतिसत भन्दा धेरै छैन । उता गएको २५ वर्षवाट ब्यापक शुरु भएको बैदेशिक रोजगारीको जिडिपीमा योगदान २९ दशमलव ५ प्रतिसत छ । अझै नेपालमा पर्यटनले १० प्रतिसत घरधुरीलाई पनि छोएको छैन भने बैदेशिक रोजगारले झण्डै ६३ प्रतिसत घरधुरीलाई छोएको छ । नेपालका ४६ लाख युवा बिदेशमा रोजगारीका लागि तथा उज्जल भविष्य खोज्न गएका छन तर नेपाल जस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण देशलाई आमजनताको हितमा प्रयोग हुने गाउ पर्यटन वा स्थायियको बिकासे पर्यटन हिसावले बिकास गर्न भने अझै सकिएको छैन । तारे होटेलको सेमिनारमा मात्र बिकास भएको नेपालको पर्यटनको पाइदा नेपालका दुरदराजले कहिले पाउलान त्यो पर्यटन बिज्ञले जानुन । तर पनि मालुड.कोटको बारिको पाटाको पर्यटकिय बिकास जस्तै स्थानिय स्तरबाट नै आफ्नो ठाउको प्रचारप्रसार र बिकास गर्न सके हामी नेपाली युवा बिदेशमा कामका लागि भौतारिन प्रदैनथ्यो कि ?
१८ कार्तिक २०८१, आईतवार