newa srijana

एसइई उत्तीर्ण विद्यार्थी तथा अभिभावकलाई सम्मान

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयले हालै सम्पन्न एसइई परीक्षामा उत्तीर्ण हुने विद्यार्थी तथा उनीहरूका अभिभावकलाई सम्मान गरेको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्की, विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले विद्यार्थी तथा अभिभावकलाई सम्मान गर्नुुभएको हो ।

विद्यालयका चार जिपिए ल्याउने विद्यार्थीद्वय श्रेया अधिकारी र शोनिया शर्मा, ए प्लस ल्याउने २१ जना सहित उत्तीर्ण १०४ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।

World link net

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले विद्यालयले शिक्षाको गुणस्तरीयता अभिबृद्धिमा योगदान गर्ने विद्यालयका शिक्षक तथा अभिभावक सबैलाई धन्यवाद व्यक्त गर्नुुभयो ।

विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले विद्यार्थी, शिक्षक, अभिभावक सबैको सामूहिक प्रयासमा विद्यालयको पठनपाठनलाई गुणस्तरीय बनाउनुुपर्नेमा जोड दिदै सबैको साथ सहयोग आवश्यक हुने बताउनुभयो । विद्यालयलाई गण्डकी प्रदेशकै उत्कृष्ट विद्यलायका रुपमा राख्न विद्यार्थीहरूको मिहिनेत तथा शिक्षकहरूको निरन्तरको प्रयास प्रशंसनीय भएको बताउनुुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक चन्द्रा थापाले सञ्चालन गर्नुुभएको कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष मेघराज पौडेल, निवर्तमान प्रधानाध्यापक नारायणप्रसाद बराल, पूर्व प्रधानाध्यापक मोहनराज बराल, अग्रेजी माध्यमका इन्चार्ज प्रकाश न्यौपाने, शिक्षक अभिावक संघका अध्यक्ष नरबहादुर पुन, अभिभावक सूर्यबहादुुर बिक, विज्ञान इन्चार्ज अर्जुन बास्तोला, विद्यार्थीहरू श्रेया अधिकारी, शोनिया शर्मा, सुजाता पौडेल लगायतले बोल्नुुभएको थियो । उक्त अवसरमा कक्षा १० मा अध्यापन गराउने शिक्षकलाई पनि सम्मान गरिएको थियो । विद्यालयमा एक हजार २६५ विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

सिटीजन फनिच्रर