पोखरा बसपार्कबाट ५ लाख बढीको अवैध सामानसहित एक जना पक्राउ

 

पोखरा/ ५ लाख बढीको अवैध सामान र ट्याक्सी सहित  सुरत बहादुर रानाभाट प्रकाउ परेका छन् ।

रानाभाटले भाडामा लिएको घरबाट बिल नभएको ५ लाख २८ हजार ७ सय १० रुपैयाँ बराबरको बिल विनाको चुरोट, गुट्का, जुस लगायतका विल नभएका अवैध सामान र ग २ च ३७२ नम्बरको मारुती कारसहित पोखरा बसपार्कबाट पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको अवैध विभिन्न चुरोट, गुट्का जुस लगायतका सामानहरु बेचबिखन गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । Photo by click Gandaki

 

 

Leave A Reply

Your email address will not be published.