newa srijana

घोडेजात्राको बिदाका कारण गण्डकी कांग्रेस भोलिमात्र सर्वोच्च जाने

पोखरा । नेकपा एमाले नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्न नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्राज पाण्डे आइतबारै काठमाडौं गएका छन् ।

तर उनले आज सोमबार पनि सर्वोच्चमा मुद्दा हाल्न पाएनन् । आज काठमाडौंमा घोडेजात्रा पर्व परेकाले विदा भएको हुँदा भोलि २७ गते मंगलबार मात्र सर्वोच्च जाने पाण्डेका कानुनी सल्लाहकार चिरञ्जीवी शर्माले जानकारी दिए ।

‘सर्वोच्चले दिउँसो १ बजेसम्ममात्रै रिट लिने भएकाले हिजो (आइतबार) भ्याइन्थेन,’ शर्माले भने, ‘आज विदा पर्‍यो, अब भोलिमात्रै जान्छौं सर्वोच्च ।’

Mountain run pokhara click
सिटीजन फनिच्रर

सभामुखलाई पनि सांसदको संख्यामा गणना गरी अधिकारी मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको भन्दै कांग्रेसले मुद्दा हाल्न लागेको हो ।

२२ एमाले, ८ माओवादी र १ स्वतन्त्र सांसदको समर्थन रहेको देखाएर एमाले नेता अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेपछि आइतबार प्रदेश प्रमुख भट्टले अधिकारीलाई नियुक्त गरेका थिए ।

कोशी प्रदेशमा गएको असारमा कांग्रेसका उद्धव थापाले त्यहाँका सभामुखको समेत हस्ताक्षर लिई समर्थन देखाएर भएको नियुक्ति सर्वोच्चले बदर गरिदिएको थियो ।

गण्डकीमा भने सभामुखको हस्ताक्षर नलिई माओवादी संसदीय दलमा ८ सदस्य रहेको हुँदा भनी बहुमत देखाइएको छ । कांग्रेसले मुद्दा हालेमा सभामुखको गणनाबारे पनि सर्वोच्चले प्रष्ट गर्नेछ ।

Rabin photo