बंगालादेशका पत्रकारले पोखरेली पत्रकारलाई फुटबलमा ५ गोल लगाए ।

बैशाख १५, पोखरा रंगशालामा भएको बंगलादेशका नारायनगण्ज क्लव आवद्ध फोटोपत्रकार तथा नेपाल फोटोजर्नालिस्ट कास्की पोखराका पत्रकार बिच भएको मैत्रीपूर्ण फुटवल खेलमा पाहुना टिमले घरेलु पत्रकार टिमलाई एकको बिरुद्ध ५ गोल गरेका छन । शनिबार बिहान पोखरा रंगशालामा भएको मैत्रिपूण खेलमा पोखराको टिमको नेतृत्व सुरज श्रेष्ठले गरेका थिए भने बंगलादेश टिमको नेतृत्व सोफिद्धिन बिटुले गरेका थिए । खेलको आरम्भमा बंगालाटिमले नेपाली टिमलाई जर्सी उपहार दिएको थियो भने खेलको अन्त्यमा नेपाल टिमको तर्फबाट पोखरा झल्किने मायाको चिनो दिईएको थियो । उक्त मैत्रिपूर्ण खेलको बिजेता नारायणगण्ज क्लवका खेलाडी तथा नेपाल तर्फका खेलाडीलाई पोखरा महानगर पालिका प्रमुख धनराज आर्चायले टफी तथा प्रमाणपत्र बितरण गरेका थिए । खेल पश्चात बंगलादेशका पत्रकार टोलीलाइै पोखराको पत्रकार टोलीले पोखराका बिभिन्न पर्यटकिय स्थल भ्रमण गराएका थिए ।
बंगलादेशबाट २१ जनाको टोली नेपाल आई पहिले नै काठमाण्डौमा पनि यस्तै मैत्रिपूर्ण फुटवल खेलिसकेको थियो भने शुक्रबार साझ मात्र ३ दिने भ्रमणमा पोखरा आएका थिए । उक्त बंगलादेशी पत्रकार टोलीले पोखराको फोटोपत्रकार टोलीलाई पनि बंगलादेश ढाकामा भ्रमण तथा फोटोप्रदशनी र फुटबल खेलको लागि निमन्त्रणा गरेको छ ।

Leave A Reply

Your email address will not be published.