पोखरा । टायल ब्रान्ड लामिनारले पोखराको फूलबारीमा एनएमबी सप्लायर्ससँगको सहकार्यमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
लामिनारका टायल बर्दियास्थित कारखानामा उत्पादन हुन्छन्। ती टायल नेपाल मानक (NS 617) अन्तर्गतका पूर्ण भिट्रिफाइड टायल हुन्। कम पानी सोस्ने र बलियो हुने भएकाले घर, होटल, कार्यालय तथा व्यावसायिक र सार्वजनिक स्थानमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
शोरुममा फुलबडी टायल (Centro), जीवाणुरोधी सतह भएका टायल (Antibacterial) र उच्च चमक भएका टायल (High-gloss) उपलब्ध छन्। यहाँ लामिनारका ५०० भन्दा बढी डिजाइनका टायल राखिएका छन्। घरधनी, ठेकेदार, वास्तुविद् (Architect) र संस्थागत ग्राहकलाई लक्षित शोरुममा प्रयोगअनुसार टायल छनोट गर्न प्राथमिकता दिइएको छ।
शोरुमले ग्राहकलाई टायलको डिजाइन र प्रयोगका आधारमा छनोट गर्न सहयोग पुग्ने लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोष खेतानले बताए। टायल छनोट गर्दा डिजाइनसँगै प्रयोगको आधारलाई पनि ध्यान दिन सकिने उनले बताए।
पोखरा हार्डवेयर एसोसिएसनका अध्यक्ष अर्जुनबहादुर थापाले युवा व्यवसायीको संलग्नतामा अन्तर्राष्ट्रिय स्तरका टायल उत्पादन भएकोमा लामिनारलाई धन्यवाद दिए।


पोखरामा लामिनारको शोरुम विस्तार हुनु सकारात्मक भएको पोखरा महानगरपालिका-११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले बताए।
लामिनारका टायल अन्तर्राष्ट्रिय स्तरका र भरपर्दो भएकाले गुणस्तरमा विश्वास गर्न सकिने गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका सदस्य कमल पौडेलले बताए।
ग्राहकले टायल खरिद गर्दा डिजाइनसँगै टिकाउपन र सफा गर्न सहज हुने पक्षलाई पनि ध्यान दिन थालेको एनएमबी सप्लायर्सका निर्देशक मीनकुमार श्रेष्ठले बताए। ग्राहकको मागअनुसार गुणस्तरीय टायल उपलब्ध गराउने प्रयासमा लामिनारसँग सहकार्य गरिएको उनले बताए।
लामिनारले देशभर एम्पोरियो शोरुम सञ्जाल विस्तार गरी प्रयोगअनुसार टायल छनोट गर्ने प्रक्रियालाई व्यवस्थित बनाउने लक्ष्य राखेको छ। कम्पनीले देशभर १६० भन्दा बढी शोरुम विस्तार गर्ने योजना बनाएको छ।




