मणिपाल शिक्षण अस्पताल विषयमा पोखरा मनपामा अख्तियार

 

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरा महानगरपालिकाको कार्यालयमा छापा हानेको छ ।  मणिपाल शिक्षण अस्पताललाई नियम विपरीत १९ करोड ८१ लाख छुट दिइएको विषयमा उजुरी परेपछि छानबिनका लागि अख्तियारको टोली महानगरपालिका छापा हानेको हो ।

अख्तियारले मणिपाल अस्पतालसँग सम्बन्धित राजस्व छुट दिनेसम्बन्धी महानगरपालिकाको कार्यपालिकाको बैठकको निर्णय र अन्य सबै फाइल नियन्त्रणमा लिएको  ।

महानगरपालिकाको २०७९ चैत १० गते बसेको १६ औं बैठकले १ करोड ७५ लाख ५३ हजार रुपैयाँ मात्र राजस्व लिएर नक्सा पास दिने निर्णय गरेको थियो । त्यसपछि मणिपालले नक्सापास एवं भवन निर्माण सम्पन्न प्रमाणपत्रबापत १९ करोड ८१ लाख ११ हजार रूपैयाँ छुट पाएको थियो । मणिपाल अस्पतालले बनाएका भवनको नक्सापास र जरिवानासहित २१ करोड ५७ लाख ११ हजार ७९८ रूपैयाँ राजस्व असुल गर्न अख्तियारको २०७६/७७ को अन्तिम प्रतिवेदनले भनेको थियो । तर, त्यो राजस्व छुट दिएको पाइएपछि महालेखाले हालैको प्रतिवेदनमा प्रश्न उठाएको छ ।

Leave A Reply

Your email address will not be published.