बसले ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँका भिमबहादुर सारु घाइते

पोखरा
पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा तनहुँका भिमबहादुर सारु घाइते भएका छन् ।

 

बसले ग १२ प ९८५० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँको देवघाट गाउँपालिका घर भएका बर्ष २१ को भिम बहादुर सारु घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख भानु शर्माले जनाउनु भएको छ । मोटरसाइकल चालक सारुको कम्मर र खुट्टामा चोट लागेको छ । उनको मणीपाल अस्पतालमा उपचार भइरहेको छ ।

 

Leave A Reply

Your email address will not be published.