पोखरा फोटोग्राफर संघ आबद्ध महिला उपसमितिले तीजको उपलक्ष्यमा बालश्रममा दान गरि तीज मनाएको छ । बुधवार बिहान रानीपौवा पोखरा स्थित सत्यशाई बालआश्रमको प्राड.गणमा गई सो संस्थाका अध्यक्ष्य लाई लागि खाद्यान्न हस्तान्तर गरि तीज मनाईएको छ । हरेक वर्ष तीजको उपलक्ष्यमा गरिदै आएको सहयोग महिला फोटोग्राफरको समूहले बिभिन्न कार्यक्रम र आफ्नै सहयोग संकलन गरेर असाहय र गरिव ब्यक्ति वा संस्थालाई सहयोग गर्दै आएको छ । यो प्रकिया मिति २०६९देखी सहयोग पेटिका कोष नै स्थापना गरेर निरन्तर चलिआएको महिला उपसमिति संयोजक रिता पौडेलले जनाईन ।
आज सहयोग हस्तान्तरण गरिएको बालआश्रममा १० बिद्यार्थी रहेको सत्यसाई बालआश्रमकी अध्यक्ष बकावली शाक्य रंजितले जानाकारी दिदै इश्वरको कृपाले यो बाल आश्रम यस्तै चन्दादाताले चलिआएको जानाकारी दिईन । सहयोग हस्तान्तरण कार्यक्रममा पोखरा फोटोग्राफर संघ महिला उपसमिति सदस्यहरु साथै पूर्व संयोजक र पोखरा फोटोग्राफर संघका पूर्व अध्यक्ष एवं बर्तमान कार्य समिति सदस्यहरु र अन्य महिला सदस्यहरुको उपस्थिती रहेको थियो ।
११ फाल्गुन २०८१, आईतवार

बालआश्रममा सहयोग गरेर महिला फोटोग्राफरले तीज मनाए
