कैलाशले तीज मनायो

पोखरा, भाद्र १५
पोखराका फोटोग्राफरहरुको कैलाश बचत तथा ऋण सहकारी संस्था लि ले आफ्ना महिला शेयर सदस्य र महिला कर्मचारीहरु बिच तीज पर्व मनाएको छ । साथमा कैलाश फोटो फ्रेम उद्योगका महिला कर्मचारीहरुलाई समेत समेटेर प्रतियोगितात्मक तीज गीतमा नाच गान साथै संस्थाको बारेमा रचनात्कम गीत गाउनेहरुलाई पुरस्कार समेत प्रदान गरेको छ ।
कैलाश सहकारीको आयोजना गरेको सो कार्यक्रममा आफ्ना कुल १९३ शेयर सदस्यहरु मध्यबाट महिला सदस्यहरुलाई आमन्त्रण गरेको थियो । यसै गरी सहकारी तर्फका महिला कर्मचारी र कैलाश फोटो फे्रम उद्योगका महिला कर्मचारी सहित करिव ६० जनाको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा संस्थाको पदाधिकारीहरुको समन्वयकारी भूमिका रहेको थियो ।
उक्त तीज कार्यक्रमलाई सभ्य र भब्य बनाउन संस्था सम्बन्धी तीज गीत रचना गरि ५ टोलीले गीत गाएको थिए । सो गायन तथा गीत लेखन कार्यमा मञ्जरी पौडेल प्रथम भएकी थिइन । यसैगरी शेयर सदस्य नाच प्रतियोगितामा दुर्गा अधिकारी प्रथम र कर्मचारी तर्फ नाचमा सुनिता परियार प्रथम भईन । कार्यक्रममा उपस्थित ३ नानीहरुको नाच प्रदर्शन गरि प्रोत्साहन स्वरुप तीनै जनालाई पुरस्कार दिइएको थियो ।
कैलाश बचत तथा ऋण सहकारी संस्थाका महिला उपसमिति संयोजक पूर्ण कुमारी थापाको संयोजकत्वमा भएको सो तीज कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष खडानन्द अधिकारीले गरेका थिए भनेसंस्थाका सचिव बिष्णुहरि अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।   

Leave A Reply

Your email address will not be published.