barahi

कास्कीमा नेविसंघको सदस्यता वितरण अभियान सुरु

१० हजार विद्यार्थीलाई सदस्यता वितरण गर्ने लक्ष्य

पोखरा । कास्कीमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान सुरु भएको छ ।

नेपाल विद्यार्थी संघ कास्कीले बिहीबारदेखि सदस्यता वितरण अभियान सुरु गरेको हो । वन विज्ञान अध्ययन संस्थानमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले सदस्यता वितरण अभियान शुभारम्भ गरे ।

नेपाल विद्यार्थी संघ कास्कीका पूर्व सभापतिसमेत रएका सहसचिव एवं प्रवक्ता सिग्देलले नेपाल विद्यार्थी संघको सदस्यताले विद्यार्थीको शान बढ्ने दाबी गरे । निरंकुशताविरुद्व खह्रो उत्रेको नेपाल विद्यार्थी संघ अब राजनैतिक विकृतिविरुद्व उत्रने बेला आएको उनले उल्लेख गरे ।

Sadak 1

सदस्यता वितरण अभियानका केन्द्रीय प्रतिनिधि दिनेश शाही र विश्वनाथ मिश्रले विद्यार्थीले राजनीति बुझ्‌नै पर्ने विषय भएको बताए । नेपाल विद्यार्थी संघ कास्कीका सभापति गौरब बरालले कास्कीमा १० हजार विद्यार्थीलाई सदस्यता वितरण गर्ने लक्ष्य रहेको सुनाए ।

कार्यक्रममा विद्यार्थी नेताहरु सुस्मिता चौधरी, डिफान भुजेल, प्रदिप श्रेष्ठ, विश्वराज पौडेल लगायतले बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.