काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौं प्रहरी परिसरको हिरासतमा पुगेका छन् ।
कास्कीस्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा कास्की जिल्ला अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी शुक्रबार र शनिबार थुनामुक्त रहे । तर, आइतबार उनी काठमाडौं जिल्ला अदालत उपस्थित भएपछि उनको न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भएको थियो । बयानपछि आइतबारै थुनछेक बहस पनि सुरु भएको छ ।
आइतबार बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो । अब छुनछेक बहसपछि आदेश नआउँदासम्म उनी परिसरको हिरासतमा रहनेछन् । आदेशपछि उनी रिहा पनि हुन सक्छन् वा पुर्पक्षका लागि थुना पनि जान सक्छन् ।
लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको छ ।