काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । सुनको मूल्य तोलामा १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य १०० रुपैयाँ घटेको जानकारी गराएको हो । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो ।
