पोखराका पत्रकार ईन्द्र प्रसाद पौडेल प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट सन्मान भएका छन । साथै प्रेस चौतारी नेपाल, कास्की शाखाले पत्रकार गणेशमान गुरुङलाई पनि सन्मान गरेको छ । मंगलबार पोखरामा प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवश तथा प्रेस चौतारी नेपाल, कास्की शाखाको ९ औ अधिवेशनको अवसर पारेर प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आथित्यतामा उक्त दुई पोखरेली पत्रकारलाई सन्मान तथा पुरस्कार प्रदान गरिएको हो । प्रेस चौतारी नेपालका केन्द्रिय पदाधिकारी, नेकपा एमाले जिल्ला कमिटिका जिम्मेवारी पदाधिकारीको उपस्थिती रहेको उक्त समारोहमा पोखरामा रहेका सम्पुर्ण पत्रकारका बिभिन्न संघसंस्थाका प्रतिनिधी साथै प्रेस चौतारी नेपाल कास्की अन्तर्गतका अग्रज एवं अनुज पत्रकारहरुको उपस्थिती रहेको थियो ।
ब्यक्तित्व ईन्द्र प्रसाद पौडेल कान्तिपुर टेलिभिजनमा आवद्ध छन भने उनले बिगत दुई दशक देखी पोखरामा पत्रकारिता क्षेत्रमा फोटोपत्रकारिता, टेलिभिजन पत्रकारिता साथै लेखन पत्रकारिता समेत गर्दै आएका छन । उनी पत्रकारिता बाहेक एक समाजसेवीको रुपमा बिभिन्न सामाजिक संस्थामा संलग्न छन भने यस मैदान न्युज डटकम अनलाईन मिडिया स्थापना गरि प्रमुख ब्यवस्थापनको जिम्मेवारीको भूमिका पनि पौडेलले निर्भाह गर्दै आएका छन ।
अर्का सन्मानित ब्यक्तित्व गणेशमान गुरुङ पोखरामा २५ वर्ष देखी हिमचुली एफएमबाट पत्रकारिता शुरु गरि गोल्डेन आई टेलिभिजन हुदै हाल काठमाण्डौमा सगरमाथा टेलिभिजनको समाचार प्रमुखको रुपमा पत्रकारिता गरिरहेका छन ।
यस अगाडी पुरस्कार तथा सन्मानको लागि प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरुङ संयोजक तथा पूर्व पुरस्कृत ब्यक्तित्व केशव पाठक, अग्रज पत्रकार केशवशरण लामिछाने, कार्यबाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिले पौडेललाई पुरस्कृत र गुरुङलाई सन्मान गर्ने निर्णय गरेको थियो ।
पुरस्कार बितरण समारोहमा प्रमुख अतिथी प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संस्थाको स्थापना दिवश काठमाण्डौ बाहिर गर्न लागिएको प्रशंग उल्लेख गर्दै प्रेस चौतारीका हरेक सदस्यले निडर, निष्पक्ष र निष्कलंक भएर पत्रकारिताको माध्यमबाट देश र समाज बिकासमा जोड दिनुपर्ने बताए । कार्यबहाक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा भएको उक्त समारोहको सञ्चालन सचिव रञ्जन अधिकारीले गरेका थिए ।
पहिलो खुल्ला सत्र पछाडी भएको प्रेस चौतारी नेपाल कास्की शाखाको अधिवेशनले मोतिसागर अधिकारीको अध्यक्षतामा नया समिति चयन गरेको छ । नवनिर्वाचित समितिहरुमा अध्यक्ष मोतिसागर अधिकारी, उपाध्यक्ष गिरिधारी पोख्रेल, महिला उपाध्यक्ष रोजी श्रेष्ठ, सचिव अनुप पौडेल, सहसचिव दिपक अधिकारी, समावेशी सहसचिव सुरेश सुनार, कोषाध्यक्ष सन्दिप खनाल पदाधिकारी चयन भएका छन । यसै गरी सदस्य पदमा संजय थापा, रचित पौडेल, शाषिस पुरी, बिनिता राना, मदनमणी तिमिल्सिना, र काशीनाथ कुमाल रहेका छन । प्रदेश प्रतिनिधीहरुका हकमा राजु गिरी, बालकुमारी पौडेल तारा, अर्जुन गाहामगर सुशान्त, रेजिना कटुवाल, शिषिर पौडेल र सुरेश रानाभाट रहेका छन । यसै गरि अधिवेशनले छनोट गरेका केन्द्रिय प्रतिनिधी दिपेन्द्र श्रेष्ठ, हरि बास्तोला, ओम हमाल, पुण्य पौडेल,प्रकाश अधिकारी बिद्रोही र शान्ति गुरुङ रहेका छन ।